News Portal

चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

२२४ पटक

चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य वृद्धि भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १० देखि १८ वर्ष उमेर समूहका ८६ जना बालबालिका विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई पक्राउ परेका छन्।

प्रहरीको तथ्याङ्कअनुसार सार्वजनिक कसुर तथा अभद्र व्यवहारमा २६, चोरीमा २२, लागुऔषध कारोबारमा २१, ज्यान मार्ने उद्योगमा सात, जबरजस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यानसम्बन्धी घटनामा दुई र साइबर अपराधमा एक जना बालक पक्राउ परेका छन्।

प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार पछिल्ला दिनमा विशेष गरी चोरी र लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग बढ्दो क्रममा छ। उनका भनाइमा, “बालबालिकालाई सामान्य रकम दिएर अपराधमा सहभागी गराइन्छ, जसबाट ठूलाले फाइदा लिन्छन्।”

तराई मूलका बालबालिकालाई ल्याएर चोरीमा प्रयोग गर्ने, लागुऔषध ढुवानीमा लगाउने जस्ता प्रवृत्ति देखिन थालेको भन्दै प्रहरीले यसलाई गम्भीर चुनौतीको रूपमा लिएको छ। प्रहरीको भनाइमा, अपराधमा संलग्न गराउने केही व्यक्तिहरूलाई समेत पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ।

बालबालिकाको अपराधमा बढ्दो संलग्नताले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दै प्रहरी प्रशासनले अभिभावक र समुदायलाई सचेत रहन आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...