News Portal

चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

२८५ पटक

चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य वृद्धि भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १० देखि १८ वर्ष उमेर समूहका ८६ जना बालबालिका विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई पक्राउ परेका छन्।

प्रहरीको तथ्याङ्कअनुसार सार्वजनिक कसुर तथा अभद्र व्यवहारमा २६, चोरीमा २२, लागुऔषध कारोबारमा २१, ज्यान मार्ने उद्योगमा सात, जबरजस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यानसम्बन्धी घटनामा दुई र साइबर अपराधमा एक जना बालक पक्राउ परेका छन्।

प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार पछिल्ला दिनमा विशेष गरी चोरी र लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग बढ्दो क्रममा छ। उनका भनाइमा, “बालबालिकालाई सामान्य रकम दिएर अपराधमा सहभागी गराइन्छ, जसबाट ठूलाले फाइदा लिन्छन्।”

तराई मूलका बालबालिकालाई ल्याएर चोरीमा प्रयोग गर्ने, लागुऔषध ढुवानीमा लगाउने जस्ता प्रवृत्ति देखिन थालेको भन्दै प्रहरीले यसलाई गम्भीर चुनौतीको रूपमा लिएको छ। प्रहरीको भनाइमा, अपराधमा संलग्न गराउने केही व्यक्तिहरूलाई समेत पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ।

बालबालिकाको अपराधमा बढ्दो संलग्नताले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दै प्रहरी प्रशासनले अभिभावक र समुदायलाई सचेत रहन आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...