News Portal

सिस्नेरी सडक खण्ड ४८ घण्टादेखि अवरुद्ध, पहिरो पन्छाउने कार्य तीव्र

३४१ पटक

मकवानपुर, भदौ २ – राजधानीलाई छोटो दूरीमा जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा खसेको ठूलो पहिरोका कारण यातायात दुई दिनदेखि ठप्प भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित भागमा शनिबार बिहान पहिरो खसेपछि प्रदेश सरकारले निर्माण गर्दै आएको सो सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक अबरुद्ध भएपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ। तर मुख्य सडक खोल्ने प्रयास लगातार भइरहे पनि आइतबार बेलुकाको वर्षाले फेरि पहिरो खसेपछि चुनौती थपिएको हो।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसिबी, एक्स्काभेटर र लोडर गरी तीनवटा मेसिन परिचालन गरेर काम गरिरहेको छ। तर सडक साँघुरो भएको र माथिबाट ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले कठिनाइ बढेको छ।

प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना, हेटौँडाका प्रमुख देवनारायण यादवका अनुसार आइतबार दिनभर पहिरो पन्छाउने काम भए पनि बेलुकाको वर्षाले काम रोक्नुपरेको थियो। सोमबार बिहानदेखि फेरि सुरु गरिएको सो कामलाई साँझसम्म सम्पन्न गरी सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले जानकारी दिए।

हाल दुईतर्फबाट पहिरो हटाउने कार्य जारी छ। तर भू–भाग जोखिमपूर्ण भएकाले थप मेसिन परिचालन गर्न कठिन रहेको अधिकारीहरूको भनाइ छ।

सिस्नेरी सडकलाई प्रदेश सरकारले ‘राजधानी मार्ग’ नामाकरण गर्दै प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत निर्माण गरिरहेको छ। यस सडकको काठमाडौँतर्फको केही अंश अझै कालोपत्रे हुन बाँकी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...