News Portal

गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

३७० पटक

काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी अखेर प्रहरीको फन्दामा परेका छन्। उनी भारत भाग्ने क्रममा पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको हो।

प्रहरी अनुसन्धान अनुसार, २७ साउनमा डिभोर्सको अन्तिम छलफल गर्न भन्दै सन्तोषले श्रीमती ललिता बिकलाई गोंगबु मित्रनगरस्थित कोशी होटल एन्ड लजमा बोलाएका थिए। तर, करिब दुई–तीन घण्टासम्मको वादविवादपछि सन्तोषले घाँटी थिचेर ललिताको हत्या गरेका थिए। त्यसपछि शवलाई कोठा नम्बर २०१ को बक्स पलङभित्र लुकाएर उनी एक्लै होटलबाट बाहिरिएको दृश्य सीसीटीभी फुटेजमा देखिएको प्रहरीको भनाइ छ।

ललिता हराएको भन्दै उनका भाइ मोतिरामले २८ साउनमा प्रहरीमा निवेदन दिएका थिए। त्यही क्रममा सन्तोष आफैंले पनि परिवारसँग खोजतलासमा साथ दिएको अभिनय गरेका थिए। तर, ३० साउनको रात होटलको कोठाबाट दुर्गन्ध फैलिएपछि सञ्चालकले प्रहरीलाई खबर गरिन् र कोठा खोल्दा बक्स पलङभित्र ललिताको शव फेला पर्‍यो।

दुवैबीच दुई वर्षअघि विवाह भएको थियो। तर, पछिल्लो समय सन्तोषको अर्को महिलासँगको सम्बन्धका कारण वैवाहिक जीवन तनावपूर्ण बनेको अनुसन्धानले देखाएको छ। यही कारण लगातारको कलहबीच उनीहरूले सम्बन्ध विच्छेद गर्ने सहमति समेत गरेका थिए।

पक्राउ परेका सन्तोषले प्रारम्भिक बयानमा झगडा चर्किएपछि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको स्वीकारेका छन्। साथै, हत्यापछि आफैंले परिवारलाई प्रहरीमा हराएको उजुरी दिन लगाएको समेत बताएका छन्।

प्रहरीले यो घटनालाई योजनाबद्ध हत्या मानेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...