News Portal

गोङ्गबु गेस्ट हाउसमा पत्नीको हत्या गर्ने युवक पर्साबाट पक्राउ

२१८ पटक

काठमाडौँ, भदौ १ – राजधानीको गोङ्गबुस्थित गेस्ट हाउसमा आफ्नै पत्नीको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

साउन २७ गते राति सेन्चुरीले पत्नी ललिता विकलाई ‘घुम्न जाऔँ’ भन्दै कञ्चन कोशी होटल एन्ड लजमा लगेका थिए। त्यही क्रममा उनले २७ वर्षीया पत्नीको हत्या गरी शवलाई पलङमुनि लुकाएर होटलबाट भागेका थिए।

घटना लुकाउन उनले भोलिपल्टै अर्थात् साउन २८ गते महाराजगञ्ज प्रहरी वृत्तमा ‘मानिस हराएको’ भनी निवेदन समेत दिएका थिए। तर, प्रहरीको निरन्तर खोजीका क्रममा साउन ३० गते राति गेस्ट हाउसमा ललिता विकको शव फेला परेपछि घटनाको वास्तविकता खुल्न आएको हो।

पक्राउ परेका सेन्चुरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउँदै गरेको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...