News Portal

एमाले विधान महाधिवेशन : तयारी अन्तिम चरणमा, २३ सयभन्दा बढी सहभागी हुने

३२५ पटक

काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो विधान महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारीलाई तीव्रता दिएको छ । पार्टीले आइतबारदेखि औपचारिक रूपमा ‘काउन्टर डाउन’ सुरु गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, महाधिवेशनमा २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकसहित जम्मा २३ सय ९२ जना सहभागी हुने निश्चित भएको छ । २०७८ सालमा चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरू मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले यसपटक कतिपय केन्द्रीय सदस्य आयोजकको भूमिकामा रहनेछन् ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिँदै सहभागीहरूलाई डिजिटल कार्ड उपलब्ध गराइने बताए । महाधिवेशनलाई भव्य बनाउन ललितपुरको सातदोबाटोदेखि गोदावरीस्थित सनराइज हलसम्म विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्ने तयारी भइरहेको छ । बागमती प्रदेश, ललितपुर जिल्ला कमिटी, स्थानीय तहका संरचना र जनसंगठनहरूले स्वागतद्वारको जिम्मा लिएका छन् ।

यसैगरी, महाधिवेशनमा सुरक्षादेखि स्वास्थ्य व्यवस्थासम्मको तयारीलाई पनि गम्भीरतापूर्वक लिइएको छ । करिब ३ सय स्वयंसेवक परिचालन गरिनेछ, जसको नेतृत्व युवा संघ नेपाल, खेलकुद महासंघ लगायतका जनसंगठनहरूले गर्नेछन् । स्थलमा सञ्चारकर्मीलाई सहज समाचार सम्प्रेषणका लागि ‘न्यूज डेस्क’ स्थापना गरिनेछ र मिडिया पासको व्यवस्था गरिनेछ । सहभागीलाई कुनै शुल्क नलिइने तर आवासको व्यवस्था भने उनीहरूले आफैं गर्नुपर्नेछ ।

सातदोबाटोदेखि गोदावरीसम्म सार्वजनिक यातायात सञ्चालन गर्ने जिम्मा विभिन्न कमिटीलाई दिइएको छ । स्वास्थ्य सुरक्षाको दृष्टिले महाधिवेशन स्थलमा चिकित्सकसहित तीन सिफ्टमा स्वास्थ्य परीक्षण डेस्क रहने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसअघि भदौ १० गतेसम्म मातहतका सबै कमिटीलाई विधानसम्बन्धी सुझाव दिन आग्रह गरिएको छ, जसलाई प्रतिवेदनमा समेटिनेछ ।

व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनलाई पार्टीको नीति, विधि र दिशा तय गर्ने ऐतिहासिक अवसरको रूपमा व्याख्या गरे । उनले महाधिवेशनलाई सफल बनाउन सबै तहका समितिलाई जिम्मेवारीपूर्वक र तीव्र गतिमा काम गर्न निर्देशनसमेत दिए ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...