News Portal

कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

३७४ पटक

कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक मन्त्रालयको मातृभूमि सुरक्षा र नागरिक/वासिन्दाको सुरक्षाका लागि निरन्तर प्रयासको भागस्वरूप, सुरक्षासंस्थाले हालसालै भएको मृत्युका घटनासँग सम्बन्धित अत्यन्तै विषालु मेथानोल उत्पादन र प्रचार गर्ने आपराधिक समूहलाई सफलतापूर्वक विघटन गरेको छ।

अपराध अनुसन्धान महानिर्देशनालय, लागुऔषध नियन्त्रण महानिर्देशनालय, अपराध प्रमाण महानिर्देशनालय र स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा गरिएको फील्ड अनुसन्धानका क्रममा सल्मिया क्षेत्रमा एक नेपाली नागरिकलाई पक्राउ गरिएको थियो। उनको साथबाट मेथानोल बरामद भयो र उनले यसलाई कसरी उत्पादन र बिक्री गर्ने गर्थे भन्ने कुरा स्वीकारे।

अर्काे अनुसन्धान क्रममा एक भारतीय र अर्को नेपाली नागरिक समेत पक्राउ परे, जसले मेथानोल उत्पादन र वितरणमा संलग्न रहेको खुलेको छ। त्यस्तै, उक्त नेटवर्कको मुख्य नाइके एक बंगलादेशी नागरिकलाई समेत नियन्त्रणमा लिइयो।

आन्तरिक मन्त्रालयले जनाएको छ कि, कुवेतका सबै गभर्नरेटमा सञ्चालन गरिएका तीव्र सुरक्षा अभियानका क्रममा, स्थानीय मदिरा उत्पादन र बिक्रीमा संलग्न ६ जना पक्राउ परेका छन्। साथै, अवैध उत्पादनमा प्रयोग गरिएका ६ वटा कारखाना र आवासीय तथा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका ४ वटा कारखाना नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, विभिन्न आपराधिक मामिलामा फरार रहेका विभिन्न राष्ट्रियताका ३४ जनालाई समेत पक्राउ गरिएको छ।

मन्त्रालयले जनाएकाे छ कि यस्ता पदार्थहरू अत्यन्तै खतरनाक छन्, जसले तत्काल मृत्यु निम्त्याउन सक्छ। देशको सुरक्षा कमजोर पार्ने वा जनताको जीवन जोखिममा पार्ने कोहीलाई पनि बर्दास्त नगर्ने र लागुऔषध, मदिरा वा सार्वजनिक स्वास्थ्यमा खतरा पुर्‍याउने कुनै पनि पदार्थमा संलग्न जो कोहीलाई पनि निरन्तर खोजी र कारबाही गरिनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...