News Portal

दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

२४८ पटक

काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष अदालतले अशोककुमार साहलाई दोषी ठहर गर्दै ६ महिनाको कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले २०८१ साल जेठ २२ गते दर्ता भएको मुद्दामा शुक्रबार फैसला सुनाएको हो।

फैसला अनुसार, साहले २०६९ कात्तिक २५ गते राष्ट्रिय प्राथमिक विद्यालयमा राहत शिक्षक पदमा नियुक्ति पाउँदा भारतस्थित कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयबाट प्राप्त सन् २००४ को “नवीन उत्तरमध्यम” प्रमाणपत्र पेश गरेका थिए। तर, अदालतले अनुसन्धानको क्रममा उक्त प्रमाणपत्र नक्कली रहेको पुष्टि गरेको छ।

दरभंगा विश्वविद्यालयले १९ जुलाई २०२५ मा जारी गरेको पत्र र त्यसको आधारमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले २०८२ साउन २२ मा पठाएको पत्रले साहले पेश गरेको प्रमाणपत्र वैध नभएको स्पष्ट गरेको अदालतले जनाएको छ।

अदालतको निर्णयमा भनिएको छ कि साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ अनुसारको अपराध गरेका हुन् र सोही अनुसार सजाय दिइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...