News Portal

दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

३०४ पटक

काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष अदालतले अशोककुमार साहलाई दोषी ठहर गर्दै ६ महिनाको कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले २०८१ साल जेठ २२ गते दर्ता भएको मुद्दामा शुक्रबार फैसला सुनाएको हो।

फैसला अनुसार, साहले २०६९ कात्तिक २५ गते राष्ट्रिय प्राथमिक विद्यालयमा राहत शिक्षक पदमा नियुक्ति पाउँदा भारतस्थित कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयबाट प्राप्त सन् २००४ को “नवीन उत्तरमध्यम” प्रमाणपत्र पेश गरेका थिए। तर, अदालतले अनुसन्धानको क्रममा उक्त प्रमाणपत्र नक्कली रहेको पुष्टि गरेको छ।

दरभंगा विश्वविद्यालयले १९ जुलाई २०२५ मा जारी गरेको पत्र र त्यसको आधारमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले २०८२ साउन २२ मा पठाएको पत्रले साहले पेश गरेको प्रमाणपत्र वैध नभएको स्पष्ट गरेको अदालतले जनाएको छ।

अदालतको निर्णयमा भनिएको छ कि साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ अनुसारको अपराध गरेका हुन् र सोही अनुसार सजाय दिइएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...