News Portal

विष्णु माझीको ‘पुतलीको भट्टी’ शृङ्खला नेपाली लोकसंगीतमा अद्वितीय उपलब्धि

५४९ पटक

काठमाडौं, साउन ३० – लोकप्रिय गायिका विष्णु माझी नयाँ तीज गीत ‘म त नराउरी’ मार्फत फेरि चर्चाको केन्द्रमा छिन्। बुधबार सार्वजनिक भएको गीत शुक्रबार दिउँसोसम्म युट्युबमा करिब २५ लाख भ्युज पुगेको छ। यो गीत ‘पुतलीको भट्टी’ शृङ्खलाको २१ औं भाग हो।

नेपाली लोक संगीत क्षेत्रमा एउटै शीर्षकमा दुई दशकभन्दा लामो समयसम्म निरन्तर गीत प्रस्तुत गर्नु आफैंमा दुर्लभ कीर्तिमान मानिन्छ। विष्णु माझीले तीज गीत मार्फत यो उपलब्धि हासिल गरेकी छन्।

गत वर्ष सार्वजनिक भएको ‘पुतलीको भट्टी-२०’ को गीत ‘आइनँ आमा यो तीजमा’ युट्युबमा २ करोड ४५ लाख भ्युज पाएको थियो। श्रोताका अनुसार, शृङ्खलाको पहिलो भाग वि.सं. २०६१ मा सार्वजनिक भएको थियो र त्यसयता हरेक वर्ष नयाँ गीत आउने गरेको छ।

नेपाली लोकसंगीतमा अन्य कुनै पनि कलाकारले एउटै शीर्षकमा यति धेरै भागसम्म निरन्तर गीत सार्वजनिक गर्न सकेका छैनन्। विष्णु माझीका प्रशंसकहरूले हरेक नयाँ भागलाई तीज पर्वको आगमनको संकेतको रूपमा पनि लिने गरेका छन्।

सार्वजनिक जीवनबाट अलग रहे पनि, विष्णु माझी आफ्नो स्वरको माध्यमबाट निरन्तर चर्चा बटुल्दै आएकी छन्। शृङ्खलाका अधिकांश गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारी ले शब्द र संगीत प्रदान गर्दै आएका छन्। ‘पुतलीको भट्टी’ शृङ्खला आफ्नै लगानीमा रहेको सपना म्युजिक इन्डष्ट्रिजको युट्युब च्यानलमार्फत सार्वजनिक हुँदै आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...