News Portal

नेपालगञ्जमा लागुऔषध कारोबार गर्ने चार जना पक्राउ, प्रहरीसँग झडपमा एक घाइते

३३५ पटक

नेपालगञ्ज, साउन ३० – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। घटनामा प्रहरी र पक्राउ परेका व्यक्तिहरूबीच झडप हुँदा एकजना घाइते भएका छन्।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्ज शाखाको टोलीले शंका लागेर उनीहरूको घरमा खानतलासी गर्ने क्रममा प्रहरीले नियन्त्रण कायम राख्न गोली चलाएको हो। झडपमा प्रहरीमाथि इँटा प्रहार भएको थियो। कार्त्तिककुमारको दायाँ खुट्टामा गोली लागेको र उनको उपचार अस्पतालमा भइरहेको बताइएको छ।

प्रहरीले घटनास्थलबाट २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...