News Portal

मनोहरामा सुकुम्बासी बस्ती हटाउने क्रममा झडप, ३ नगर प्रहरी घाइते

३२६ पटक

काठमाडौं, साउन ३० – काठमाडौंको मनोहरा क्षेत्रमा शुक्रबार बिहान सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ। सरकारी जग्गा अतिक्रमण गरी बनेका संरचना भत्काउन बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा डोजर चलाएपछि बस्तीका बासिन्दाले विरोधस्वरूप ढुंगामुढा गरेका थिए।

नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार, बस्ती खाली गर्न बारम्बार सूचना दिइए पनि अटेर गरिएकाले अन्ततः बल प्रयोग गर्नु परेको हो। झडपका क्रममा ३ जना नगर प्रहरी घाइते भएका छन्।

महानगरले हालसम्म करिब २० देखि २५ वटा घर र टहरा भत्काइसकेको छ। यतिबेला पनि मनोहरा क्षेत्रमा अवस्था तनावग्रस्त रहँदा थप सुरक्षाकर्मी परिचालन गरी परिस्थितिलाई नियन्त्रणमा ल्याउने प्रयास जारी छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...