News Portal

मनोहरामा सुकुम्बासी बस्ती हटाउने क्रममा झडप, ३ नगर प्रहरी घाइते

२११ पटक

काठमाडौं, साउन ३० – काठमाडौंको मनोहरा क्षेत्रमा शुक्रबार बिहान सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ। सरकारी जग्गा अतिक्रमण गरी बनेका संरचना भत्काउन बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा डोजर चलाएपछि बस्तीका बासिन्दाले विरोधस्वरूप ढुंगामुढा गरेका थिए।

नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार, बस्ती खाली गर्न बारम्बार सूचना दिइए पनि अटेर गरिएकाले अन्ततः बल प्रयोग गर्नु परेको हो। झडपका क्रममा ३ जना नगर प्रहरी घाइते भएका छन्।

महानगरले हालसम्म करिब २० देखि २५ वटा घर र टहरा भत्काइसकेको छ। यतिबेला पनि मनोहरा क्षेत्रमा अवस्था तनावग्रस्त रहँदा थप सुरक्षाकर्मी परिचालन गरी परिस्थितिलाई नियन्त्रणमा ल्याउने प्रयास जारी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...