आज : २०२६-०७-१०, शुक्रबार

दाङमा नाबालिग बलात्कार प्रकरणमा युवकलाई १२ वर्ष कैद

दाङ, साउन ३० — दाङ जिल्लामा १४ वर्षीया नाबालिग बलात्कार प्रकरणमा संलग्न एक युवकलाई अदालतले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय सुनाएको छ।

दंगीशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली उर्फ दिलीप विकमाथि दाङ जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको इजलासले सजाय सुनाउँदै ५ लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको हो। साथै पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति र २० हजार रुपैयाँ राहत कोषमा जम्मा गर्न पनि निर्देशन गरिएको छ।

अदालतका श्रेष्टेदार दामोदर घिमिरेका अनुसार, विकले २०८१ साल वैशाख ६ गते १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोग प्रमाणित भएपछि यस्तो सजाय तोकिएको हो।