News Portal

धरहरा टपरी ममलाई २ लाख जरिवाना, ममभित्र धातुको औंठी फेला

२३३ पटक

काठमाडौं, साउन २९ – काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको आरोपमा २ लाख रुपैयाँ जरिवाना गरेको छ।

महानगरको नियमित बजार अनुगमनका क्रममा बिक्री वितरणका लागि तयार पारिएको ममभित्र धातुको औंठी फेला परेको र ममको गुणस्तर तोकिएको मापदण्डअनुसार नभएको प्रमाणित भएपछि कारबाही गरिएको हो।

महानगरको कृषि तथा खाद्य विभागका प्रमुख तथा निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार यस व्यवसायले यसअघि पनि पटक–पटक स्वच्छता र गुणस्तरसम्बन्धी निर्देशन उल्लङ्घन गर्दै आएको पाइएको छ। बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम जरिवाना तोकिएको उनले बताए।

महानगरले व्यवसायीलाई सात दिनभित्र बैङ्क मार्फत जरिवाना रकम बुझाई त्यसको प्रमाणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। साथै, आगामी दिनमा तोकिएको मापदण्डअनुसार मात्र उत्पादन र बिक्री वितरण गर्ने व्यवस्था मिलाउन चेतावनीसमेत दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...