News Portal

  • दैलेखमा १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कारको सनसनीपूर्ण घटना, दुई जना पक्राउ

    १३० पटक

    दैलेख, साउन २५ – पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा बिहीबार साँझ १३ वर्षीया बालिका सामूहिक बलात्कारको पीडामा परेकी छन्। ती बालिका तीजको कार्यक्रममा सहभागी भएर घर फर्कंदै थिइन्, तर बाटोमा दुई युवकले उनलाई र उनका साथीहरूलाई जबरजस्ती रोक्ने प्रयास गरे।

    जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार, घटना घटाउने युवकहरू सोही नगरपालिकाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी हुन्। अँध्यारोमा दौडिँदै बालिकालाई पछ्याउँदै उनीहरूले ढुङ्गा प्रहार गरे, जसले बालिकाको दाहिने पाखुरामा चोट पुर्‍यायो।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलासा भएको छ कि, बालिका घाइते भई पछि परेपछि आरोपीहरूले उनलाई एकान्तमा लगेर जबरजस्ती करणी गरेका छन्। घटना बालिकाका अन्य साथीहरूले घरमा जानकारी दिएपछि थाहा भयो। पीडित बालिकाका आमाबुबा रोजगारीका सिलसिलामा भारतमा छन्।

    स्थानीयवासीले बालिकालाई बेहोस अवस्थामा फेला पारेका थिए र तत्कालै हतार–हतारमा बोलेरो गाडीमा राखेर दैलेख अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकहरूले बालिकाको दाहिने हात मर्केको र गुप्ताङ्गमा गहिरो चोट र रक्तश्राव भएको पुष्टि गरेका छन्।

    घटना उजागर भएपछि पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयले दुवै आरोपीलाई पक्राउ गरी हिरासतमा राखेको छ भने अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ।

    जिल्ला प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र पीडित बालिकाको सुरक्षा तथा उपचारमा उच्च प्राथमिकता दिइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...