News Portal

डिजिटल प्लेटफर्ममा बढ्दो असुरक्षा समाधानमा सरकारको ध्यान आवश्यक : सभापति देउवा

२५५ पटक

काठमाडौं, साउन २९ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममार्फत नागरिक असुरक्षित हुने घटनाहरू बढ्दै गएको भन्दै यसलाई समाधान गर्न सरकारले तत्काल र प्रभावकारी पहल गर्नुपर्ने सुझाव दिनुभएको छ।

कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बिहीबार सानेपामा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रममा देउवाले प्रविधिले कामको गति र सहजता वृद्धि गरे पनि केही क्षेत्रमा यसले नकारात्मक असर पारेको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवामा डिजिटल प्रविधिको जिम्मेवार र प्रभावकारी प्रयोग अपरिहार्य रहेको जोड दिनुभयो।

सभापति देउवाले कांग्रेस नेतृत्वको सरकारको पहलमा बनेका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमले देशका दुर्गम बस्तीहरूमा समेत प्रविधिको पहुँच पुर्याएको दाबी गर्नुभयो। तर प्रविधिको क्षेत्रमा अझै थुप्रै सुधार र विकासका काम गर्न बाँकी रहेको पनि उहाँको भनाइ छ।

उहाँका अनुसार डिजिटल प्लेटफर्मको सचेत, नैतिक र जिम्मेवार प्रयोगमार्फत मात्र व्यक्तिगत, सामाजिक र राष्ट्रिय विकासलाई टेवा पु¥याउन सकिन्छ। कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत सकारात्मक सामाजिक रूपान्तरणको पक्षमा रहने पनि देउवाले स्पष्ट पार्नुभयो।

 

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...