
काठमाडौं, साउन २९ – काठमाडौंको पर्यटन केन्द्र ठमेलमा प्रहरीले बुधबार राति विशेष अपरेसन सञ्चालन गर्दै ११५ किलो बुद्धचित्तको दाना बरामद गरेको छ। उक्त कार्यमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराका अनुसार पक्राउ परेकासँगै नगद १२ लाख ७० हजार रुपैयाँ पनि बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको विस्तृत विवरण र नाम पहिचान केही समयमै सार्वजनिक गरिने बताइएको छ।
हाल उनीहरूलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखी थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले यो घटनालाई ठूलो मात्रामा अवैध बुद्धचित्त कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
