News Portal

लोडसेडिङको हल्ला हावादारी, ऊर्जा आपूर्ति सहज : मन्त्री खड्का

२७८ पटक

काठमाडौं, साउन २८ – मुलुकमा फेरि लोडसेडिङ सुरु भएको भन्ने चर्चा पछिल्ला दिनमा केही ठाउँमा तातिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले यसलाई “पूर्ण रूपमा हावादारी हल्ला” भन्दै खारेज गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले देशका केही सिमित क्षेत्रमा मात्र विद्युत् आपूर्ति विस्तारको काम भइरहेको भए पनि, समग्र मुलुकभर सहज र नियमित रूपमा विद्युत् वितरण भइरहेको स्पष्ट पारे।

“हामीले सुधारलाई तीव्र गतिमा अघि बढाएका छौं, उत्पादनमा निरन्तरता दिएका छौं । यस्तो अवस्थामा लोडसेडिङको कुरा गर्नु बेकार हो,” मन्त्री खड्काले सभामुखमार्फत सदनलाई जानकारी दिए।

उनका अनुसार हाल नेपालले १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरिरहेको छ भने १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको छ। यसरी झन्डै पाँच अर्ब रुपैयाँ बराबरको मुनाफा देशले आर्जन गरिरहेको उनले उल्लेख गरे।

मन्त्री खड्काले अझै केही दुर्गम क्षेत्रमा विद्युत् पुर्‍याउने काम बाँकी रहेको स्वीकार गर्दै, ती स्थानहरूमा पनि छिट्टै नियमित आपूर्ति सुनिश्चित गरिने प्रतिबद्धता जनाए।

 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...