News Portal

  • सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

    १७७ पटक

    काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक प्रतिशोध भएको भन्ने आरोपलाई कडा रूपमा खण्डन गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यो विषयलाई राजनीतिकरण गर्न खोज्नेहरूलाई जवाफ दिँदै अदालतको कानुनी प्रक्रिया स्वतन्त्र रूपमा चलिरहेको स्पष्ट पारे।

    प्रधानमन्त्री ओलीका अनुसार सहकारीको नाममा अर्बौंको रकम हिनामिना गर्ने पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायतका सयौं व्यक्तिमाथि अदालतमा मुद्दा दर्ता भइसकेको छ र उनीहरू कानुनी आदेशअनुसार थुनामा छन्। “यदि एक व्यक्तिमाथि मात्र प्रतिशोध भएको हो भने, अरु सबैमाथि के भएको हो? अदालतले सबैलाई प्रतिशोधकै नाममा थुनामा राखेको हो र? सत्तापक्षका मान्छे पनि थुनिएका छन्, के त्यो पनि सरकारले नै गराएको हो?” प्रधानमन्त्री ओलीको प्रश्न थियो।

    उनले भीडको नाममा न्यायको हत्या गर्न खोज्ने प्रवृत्ति खतरनाक भएको चेतावनी दिए। “भिडद्वारा न्यायको हत्या गरेर अभियोगबाट मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैं मागिनेछ,” उनले भने, “यस्ता प्रवृत्तिको पछि लागेर दौडिने भिड अचम्मको मात्रै होइन, दया लाग्ने खालको हुन्छ।”

    प्रधानमन्त्री ओलीले सहकारी घोटालामा संलग्नहरूविरुद्ध अदालतले स्वतन्त्र र निष्पक्ष रूपमा कारबाही गरिरहेको दोहोर्‍याउँदै, एक व्यक्तिलाई लक्षित गरी ‘राजनीतिक प्रतिशोध’ भन्ने कथा निर्माण गर्न खोज्नु न्याय र सत्य दुबैको अपमान भएको टिप्पणी गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...