News Portal

प्रधानमन्त्री ओलीको व्यङ्ग्य: ‘भिजिट भिसामा गएर फर्किएको व्यक्ति भिजिट भिसाबारे प्रश्न गर्दैछ’

३९८ पटक

काठमाडौँ – प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोचक टिप्पणी गर्दै एक व्यक्तिमाथि प्रतिशोधको आरोप उठाउने वातावरणप्रति व्यङ्ग्य गरे। प्रधानमन्त्री ओलीले प्रश्न गरे कि, “के अदालत वास्तवमा सरकारको इशाराअनुसार चल्छ वा स्वतन्त्र रुपमा निर्णय गर्छ?”

प्रधानमन्त्रीले उल्लेख गरे, अदालतमा पुर्पक्षका लागि थुनामा रहेका केही व्यक्तिमाथि प्रतिशोध साधिएको भनी चर्चा भए पनि कानुन अनुसार अरू धेरैले पनि थुनामा बस्नुपरेको तथ्य छ।

उनी अझै अगाडि बढ्दै भनिरहेका थिए, भिजिट भिसामा विदेश गई त्यहाँ बसोबास गर्दै नागरिकता लिन नचाहि नेपाल फर्केर सांसद र मन्त्री बनेका व्यक्तिहरूले अरूलाई आरोप लगाउँदा आफ्नो उदाहरणलाई पनि हेर्नु पर्ने अवस्था आएको छ।

प्रधानमन्त्री ओलीले नाम नखुलाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उदाहरणसमेत प्रस्तुत गरे। उनले व्यङ्ग्य गर्दै भने, “भिजिट भिसामा गएर फर्किएकोले अर्कालाई भिजिट भिसा कसरी पाए भन्ने प्रश्न गर्ने अवस्था सिर्जना भएको छ।”

प्रधानमन्त्रीको यो टिप्पणीले संसदमा हल्का हाँसो र चर्चा उत्पन्न गरेको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...