News Portal

पक्राउ परेका चक्रे मिलन राजनीतिक र सामाजिक अभियानमै संलग्न भएको दाबी

३०३ पटक

काठमाडौं, साउन २८ – साउन १५ गते राजधानीको चक्रपथस्थित साम्बला होटलमा ठूलो संख्यामा युवासँग जन्मदिन मनाइरहेका बेला प्रहरीले पक्राउ गरेका चक्रे मिलनले आफ्नो गल्ती स्वीकार गर्दै कानूनी कारबाही भोग्न तयार रहेको बताएका छन्। सरकारी वकिलसमक्ष दिएको बयानमा उनले ठूलो भीड भेला गरेर पार्टी आयोजना गर्नु सही कदम नभएको स्वीकारे पनि आफूले कुनै अभद्र व्यवहार नगरेको स्पष्ट पारेका छन्।

उनको भनाइमा, पक्राउको आधार बनेका भिडिओ र फोटोहरू वास्तविक घटनाभन्दा पहिले अर्कैको जन्मदिनमा खिचिएका हुन्। उनले आफूले कसैलाई धाकधम्की नदिएको र हतियार प्रदर्शन नगरेको दाबी गर्दै आफ्नो संलग्नता केवल राजनीतिक र सामाजिक गतिविधिसम्म सीमित रहेको बताए।

मिलनले आफू एमालेको गोर्खा जिल्लास्तरीय सदस्य भएको पुष्टि गर्दै पक्राउ परेकामध्ये सबैलाई व्यक्तिगत रूपमा नचिनेको उल्लेख गरे। उनका अनुसार तीमध्ये धेरैजसो भाइहरू विभिन्न अवसर र परिस्थितिमा मात्र भेट भएका व्यक्ति हुन्। उनले आफ्नो भूमिकालाई राजनीतिक जिम्मेवारी र सामाजिक अभियानमा केन्द्रित रहेको दोहोर्याए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...