News Portal

  • देशभरका कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, महिला भने क्षमता भित्रै

    १५३ पटक

    – नेपालका कारागारहरूमा पुरुष बन्दीको संख्या क्षमता भन्दा ६७ प्रतिशतले बढी पुगेको छ भने महिलातर्फ भने अवस्था सामान्य रहेको छ। गृह मन्त्रालयले असार मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै देशभरका कारागारहरूमा भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको जनाएको हो।

    गृह मन्त्री रमेश लेखकले बुधबार बसेको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा प्रस्तुत गरेको विवरण अनुसार, हाल देशभरका पुरुष ब्लकहरूको कुल क्षमता १६ हजार ६२५ भए पनि २७ हजार १६८ जना पुरुष बन्दी छन्। “यसको अर्थ, सय जनाको क्षमता भएको कारागारमा औसतमा १६७ जना बस्नुपरेको अवस्था छ,” मन्त्री लेखकले भने।

    महिलातर्फ भने समस्या देखिएको छैन। ५० वटा महिला कारागारमा २ हजार ५०१ जनाको क्षमता भए पनि अहिले १ हजार ५५० मात्र महिला बन्दी छन्।

    हाल ७२ जिल्लामा ७५ कारागार सञ्चालनमा छन्। भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन भने काठमाडौं, दाङ र बाँकेमा दुई–दुईवटा छन्। यी सबै कारागारमा थुनुवा र कैदी गरेर जम्मा २८ हजार ७१८ जना छन्। यसमध्ये ६६ जना ज्येष्ठ नागरिक, ६४ जना आश्रित बालबालिका र १ हजार ४२७ जना विदेशी नागरिक छन्।

    गत शुक्रबार कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा एकजनाको मृत्यु भएको थियो र ४० घण्टासम्म कारागार कैदीको नियन्त्रणमा रहेको थियो। अहिले स्थिति सामान्य भएको गृहमन्त्री लेखकले बताए।

    “कारागार प्रशासनका लागि नयाँ कर्मचारी खटाइएको छ, परिस्थिति नियन्त्रणमा लिइएको छ र बन्दीलाई आफन्तसँग भेट्ने सुविधा मिलाइएको छ,” उनले भने। कैलाली घटनाबारे छानबिन प्रतिवेदन आएपछि कानुनी कारबाहीसहित आवश्यक व्यवस्थापकीय सुधार गर्ने तयारी भएको पनि मन्त्री लेखकले स्पष्ट पारे।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १ गतेको राशिफल

    आज मंसिर १, २०८२ (नोभेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अरबमा नेपाली श्रमिक शोषण तीव्र – धिरेन सुवेदी

    काठमाडौं – अरब मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ। चम्किला...

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...