News Portal

देशभरका कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, महिला भने क्षमता भित्रै

३५१ पटक

– नेपालका कारागारहरूमा पुरुष बन्दीको संख्या क्षमता भन्दा ६७ प्रतिशतले बढी पुगेको छ भने महिलातर्फ भने अवस्था सामान्य रहेको छ। गृह मन्त्रालयले असार मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै देशभरका कारागारहरूमा भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको जनाएको हो।

गृह मन्त्री रमेश लेखकले बुधबार बसेको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा प्रस्तुत गरेको विवरण अनुसार, हाल देशभरका पुरुष ब्लकहरूको कुल क्षमता १६ हजार ६२५ भए पनि २७ हजार १६८ जना पुरुष बन्दी छन्। “यसको अर्थ, सय जनाको क्षमता भएको कारागारमा औसतमा १६७ जना बस्नुपरेको अवस्था छ,” मन्त्री लेखकले भने।

महिलातर्फ भने समस्या देखिएको छैन। ५० वटा महिला कारागारमा २ हजार ५०१ जनाको क्षमता भए पनि अहिले १ हजार ५५० मात्र महिला बन्दी छन्।

हाल ७२ जिल्लामा ७५ कारागार सञ्चालनमा छन्। भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन भने काठमाडौं, दाङ र बाँकेमा दुई–दुईवटा छन्। यी सबै कारागारमा थुनुवा र कैदी गरेर जम्मा २८ हजार ७१८ जना छन्। यसमध्ये ६६ जना ज्येष्ठ नागरिक, ६४ जना आश्रित बालबालिका र १ हजार ४२७ जना विदेशी नागरिक छन्।

गत शुक्रबार कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा एकजनाको मृत्यु भएको थियो र ४० घण्टासम्म कारागार कैदीको नियन्त्रणमा रहेको थियो। अहिले स्थिति सामान्य भएको गृहमन्त्री लेखकले बताए।

“कारागार प्रशासनका लागि नयाँ कर्मचारी खटाइएको छ, परिस्थिति नियन्त्रणमा लिइएको छ र बन्दीलाई आफन्तसँग भेट्ने सुविधा मिलाइएको छ,” उनले भने। कैलाली घटनाबारे छानबिन प्रतिवेदन आएपछि कानुनी कारबाहीसहित आवश्यक व्यवस्थापकीय सुधार गर्ने तयारी भएको पनि मन्त्री लेखकले स्पष्ट पारे।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...