News Portal

  • रवि लामिछानेलाई तत्काल काठमाडौं सार्नुपर्छ : अध्यक्ष लिङ्देनको सरकारलाई आग्रह

    २१९ पटक

    बुटवल, साउन २८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्न सरकारसमक्ष कडा आग्रह गरेका छन्।

    सुप्रिक सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि भैरहवास्थित जिल्ला कारागारमा थुनामा रहेका लामिछानेलाई मंगलबार प्रत्यक्ष भेट्न कारागार पुगेका अध्यक्ष लिङ्देनले कारागारको सुविधा र सुरक्षाको अवस्था दुवै दृष्टिले उपयुक्त नभएको निष्कर्ष निकाल्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन्।

    लिङ्देनले भने, “देशको एउटा महत्वपूर्ण दलको सभापतिलाई थुनामा राख्दा न्यूनतम सुविधा र आफूले रोजेको कारागारमा बस्ने अधिकार दिनु पर्छ। तर, सरकार त्यसबाट वञ्चित गराउँदै आएको देख्दा दुःख लाग्छ।” उनले काठमाडौंमा सार्दा मात्र उचित र सुरक्षित हुने ठहर व्यक्त गरे।

    यसअघि, लामिछानेको स्थानान्तरणसम्बन्धी निवेदनमा अदालतले काठमाडौं पठाउने आदेश दिइसके पनि गृह प्रशासनले काठमाडौंमा समेत उनीविरुद्ध मुद्दा रहेको कारण देखाउँदै सरुवा प्रक्रिया रोकेको छ।

    सन् १९५० मा बनेको रुपन्देही जिल्ला कारागार अहिले क्षमताभन्दा झण्डै तीन गुणा बढी, ६२४ जना कैदीबन्दी र थुनुवासहित भीडमा चलिरहेको छ। कारागारका प्रमुख सुरेश भण्डारीका अनुसार, कैदी चाप भए पनि रविलाई भने छुट्टै कोठामा राखिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...