News Portal

  • राजनीतिक दबाब नभई व्यक्तिगत कारणले पद त्यागेको खतिवडाको भनाइ

    १३४ पटक

    काठमाडौं, साउन २७ – नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले आफ्नो राजीनामा कुनै पनि राजनीतिक दबाबका कारण नभई व्यक्तिगत निर्णयका आधारमा भएको बताएका छन्।

    मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले पार्टी सभापति शेरबहादुर देउवासहित पार्टी नेतृत्वले उनलाई पदमा रहन आग्रह गरे पनि अन्ततः आफ्नो मन नमान्दा पद त्याग गरेको बताए। उनका शब्दमा, “पार्टीले हिजोसम्म पनि बस्नुपर्छ भनेको थियो, सभापतिजीले समेत पदमा रहन भन्नुभएको थियो, तर मनले नमान्दा मैले राजीनामा दिएँ।”

    खतिवडाले समिति गठन भएको प्रारम्भिक दिनमै सरकारी सवारीसाधन फिर्ता गरिसकेको स्मरण गर्दै, आफ्नो निर्णय कुनै असहमति वा दबाबको परिणाम नभई व्यक्तिगत धारणा र आत्मनिर्णयको आधारमा भएको स्पष्ट पारे।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...