News Portal

भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

२२५ पटक

काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले नेपालबाट थप २०० मेगावाट बिजुली खरिद गर्ने स्वीकृति प्रदान गरेको छ । यो निर्णय पाँच जलविद्युत् आयोजना—लिखु-२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला र सुपर काबेली खोला ए—बाट उत्पादित बिजुली निर्यातका लागि लागू हुने भएको छ ।

यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् खरिद गर्ने अनुमति दिइसकेको थियो । नयाँ अनुमति प्राप्त भएपछि नेपालबाट भारततर्फ निर्यात हुने विद्युत् क्षमता १,०११ मेगावाट पुग्ने भएको छ ।

त्यस्तै, नेपालले बंगलादेशलाई पनि ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । यसलाई समेट्दै कुल विद्युत् निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले जनाएको छ, थप २०० मेगावाट विद्युत् निर्यात अनुमति आगामी ३१ अक्टोबरसम्म कायम रहनेछ ।

गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारतमा विद्युत् निर्यातबाट करिब १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणले आगामी आर्थिक वर्षमा नयाँ अनुमति र सम्भावित थप सहमतिका कारण विद्युत् निर्यात दोगुना बढ्ने आशा गरेको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...