News Portal

भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

३०८ पटक

काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले नेपालबाट थप २०० मेगावाट बिजुली खरिद गर्ने स्वीकृति प्रदान गरेको छ । यो निर्णय पाँच जलविद्युत् आयोजना—लिखु-२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला र सुपर काबेली खोला ए—बाट उत्पादित बिजुली निर्यातका लागि लागू हुने भएको छ ।

यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् खरिद गर्ने अनुमति दिइसकेको थियो । नयाँ अनुमति प्राप्त भएपछि नेपालबाट भारततर्फ निर्यात हुने विद्युत् क्षमता १,०११ मेगावाट पुग्ने भएको छ ।

त्यस्तै, नेपालले बंगलादेशलाई पनि ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । यसलाई समेट्दै कुल विद्युत् निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले जनाएको छ, थप २०० मेगावाट विद्युत् निर्यात अनुमति आगामी ३१ अक्टोबरसम्म कायम रहनेछ ।

गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारतमा विद्युत् निर्यातबाट करिब १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणले आगामी आर्थिक वर्षमा नयाँ अनुमति र सम्भावित थप सहमतिका कारण विद्युत् निर्यात दोगुना बढ्ने आशा गरेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...