News Portal

कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

२०० पटक

काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर त्रुटि संशोधनका लागि सभामुख देवराज घिमिरे सक्रिय भएका छन्। यस विषयमा तयार गरिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले सरोकारवाला पक्षसँग निरन्तर छलफल सुरु गरेका छन्।

प्रतिवेदनमा, कुलिङ पिरियडको व्यवस्था निष्क्रिय हुने खालको भाषा परेको र यसले कानुनी स्पष्टतामा प्रश्न उठाउने निष्कर्ष निकालिएको छ। समितिले यस प्रकरणमा संलग्न व्यक्तिमाथि नैतिक उत्तरदायित्वको प्रश्न उठाउँदै प्रचलित ऐनअनुसार कारबाही गर्न सकिने सुझाव दिएको छ।

मंगलबार बिहान ११ बजेका लागि संसदमा रहेका सबै दलका प्रमुख सचेतकहरूको संयुक्त बैठक बोलाए पनि आकस्मिक कारणले स्थगित भएको छ। यसअघि पनि सभामुख घिमिरेले विभिन्न दलका नेताहरूसँग प्रतिवेदन कार्यान्वयनबारे छलफल गरिसकेका छन्। साथै, संसद् सचिवालयका अधिकारीहरूसँग समेत कानुनी अस्पष्टता हटाउने उपायबारे राय लिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...