News Portal

कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

२७६ पटक

काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर त्रुटि संशोधनका लागि सभामुख देवराज घिमिरे सक्रिय भएका छन्। यस विषयमा तयार गरिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले सरोकारवाला पक्षसँग निरन्तर छलफल सुरु गरेका छन्।

प्रतिवेदनमा, कुलिङ पिरियडको व्यवस्था निष्क्रिय हुने खालको भाषा परेको र यसले कानुनी स्पष्टतामा प्रश्न उठाउने निष्कर्ष निकालिएको छ। समितिले यस प्रकरणमा संलग्न व्यक्तिमाथि नैतिक उत्तरदायित्वको प्रश्न उठाउँदै प्रचलित ऐनअनुसार कारबाही गर्न सकिने सुझाव दिएको छ।

मंगलबार बिहान ११ बजेका लागि संसदमा रहेका सबै दलका प्रमुख सचेतकहरूको संयुक्त बैठक बोलाए पनि आकस्मिक कारणले स्थगित भएको छ। यसअघि पनि सभामुख घिमिरेले विभिन्न दलका नेताहरूसँग प्रतिवेदन कार्यान्वयनबारे छलफल गरिसकेका छन्। साथै, संसद् सचिवालयका अधिकारीहरूसँग समेत कानुनी अस्पष्टता हटाउने उपायबारे राय लिएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...