News Portal

मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

२७८ पटक

काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी दिशा स्पष्ट नभएको बताएका छन्। उनका अनुसार, यो फाउन्डेसन पार्टी र आन्दोलनको हितका लागि बनेको भए पनि पछिल्ला गतिविधि र पदाधिकारीका अभिव्यक्तिले अन्योलको स्थिति सिर्जना गरेको छ।

मदन आश्रित स्मृति प्रतिष्ठानको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै ओलीले फाउन्डेसन पार्टीले प्रत्यक्ष स्थापना नगरेको तर विशेष कारणले गठन गरिएको स्पष्ट पारे। उनका अनुसार, मदन आश्रितको जन्मदिन मनाउने वा श्रद्धाञ्जली दिने अवसरहरूमा अवरोध भएपछि पार्टी र आन्दोलनप्रति निष्ठा राख्दै संस्था बनाइएको हो।

ओलीले भने, “यो फाउन्डेसन मदनका विचार र पार्टीको पक्षमा बनेको हो। तर पाखण्डी सोच भएका समूहको प्रभावमा गएको छैन। तर, पछिल्लो समय देखिएका गतिविधि र अभिव्यक्ति हेर्दा यसको भविष्यबारे प्रश्न उठ्छ।”

उनले चक्रपथ अनलाइनमा देखिएको प्रस्तुति र पदाधिकारीका तर्कहरूले संस्थाको आगामी यात्रा अनिश्चित बनाएको टिप्पणी गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...