
काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी परेको छ।
अधिवक्ता रमेश बहादुर रावलले उच्च अदालत र सर्वोच्च अदालतले लामिछानेलाई थुनामा राख्न आदेश दिइसकेको अवस्थामा पनि, गैरकानुनी रुपमा निवेदन दर्ता गरिएको भन्दै उजुरी दिएका छन्। उनले उजुरीमा भनेका छन् कि, निवेदनमा लामिछानेमाथि लागेको सबै आरोप उल्लेख नगरी केवल ठगी मुद्दा मात्र समेटिएको छ, जसले अदालतलाई भ्रममा पार्ने खतरा रहेको छ।
उजुरीमा यो पनि भनिएको छ कि २२ जनाको मुद्दामा चार जनामाथि मात्र कसूर ठहर हुने सम्भावना छ भन्दै, आफूले आफ्नै मुद्दा आफैं दर्ता गरी फैसला गर्न खोजेको दाबी गरिएको छ। साथै, रूपन्देही जिल्ला अदालतका तीन जना न्यायाधीशहरूको नाम लिएर उनीहरूले लामिछानेलाई थुनामुक्त गर्ने आदेश पूर्व तयार पार्दै प्रचार गरेको उजुरीमा उल्लेख छ।
रावलले आवश्यक छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र स्वतन्त्र न्यायपालिकाको मर्यादा कायम गर्न आग्रह गरेका छन्।
लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा सुनुवाइ हुने तय भएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
