News Portal

रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

५०९ पटक

काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी परेको छ।

अधिवक्ता रमेश बहादुर रावलले उच्च अदालत र सर्वोच्च अदालतले लामिछानेलाई थुनामा राख्न आदेश दिइसकेको अवस्थामा पनि, गैरकानुनी रुपमा निवेदन दर्ता गरिएको भन्दै उजुरी दिएका छन्। उनले उजुरीमा भनेका छन् कि, निवेदनमा लामिछानेमाथि लागेको सबै आरोप उल्लेख नगरी केवल ठगी मुद्दा मात्र समेटिएको छ, जसले अदालतलाई भ्रममा पार्ने खतरा रहेको छ।

उजुरीमा यो पनि भनिएको छ कि २२ जनाको मुद्दामा चार जनामाथि मात्र कसूर ठहर हुने सम्भावना छ भन्दै, आफूले आफ्नै मुद्दा आफैं दर्ता गरी फैसला गर्न खोजेको दाबी गरिएको छ। साथै, रूपन्देही जिल्ला अदालतका तीन जना न्यायाधीशहरूको नाम लिएर उनीहरूले लामिछानेलाई थुनामुक्त गर्ने आदेश पूर्व तयार पार्दै प्रचार गरेको उजुरीमा उल्लेख छ।

रावलले आवश्यक छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र स्वतन्त्र न्यायपालिकाको मर्यादा कायम गर्न आग्रह गरेका छन्।

लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा सुनुवाइ हुने तय भएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...