News Portal

रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

२३३ पटक

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ । अनुगमनको क्रममा आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कोठामा वातानुकूलन यन्त्र (एसी) नरहेको र झ्याल प्लाईले पूर्ण रूपमा बन्द गरिएको पाइएको जनाएको छ ।

मानव अधिकार आयोगकी प्रवक्ता लिली थापाले कारागारभित्र कैदीहरूको संख्या क्षमताभन्दा बढी रहेको, शौचालयको संख्या अपर्याप्त रहेको र त्यहाँका शौचालयहरूको अवस्था पनि राम्रो नभएको जानकारी दिइन् ।

उनका अनुसार, रविलाई राखिएको कोठाको झ्याल टालिएको हुँदा त्यसबाट राम्रो हावा आउन नसकेको र कोठामा दुईवटा पंखा राखिएको छ — एक सामान्य चाइनिज पंखा र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो पंखा ।

जेल प्रशासनले सुरक्षा कारणले झ्याल टालिएको बताए पनि आयोगले झ्याल खोल्न आग्रह गर्दा प्रशासन तयार भएको बताइएको छ ।

मानव अधिकार आयोगले कारागारभित्र कैदीहरूको भौतिक सुविधा सुधार्न कारागार प्रशासनलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...