News Portal

निजामती अस्पतालमा आमा–शिशुको मृत्यु, परिवारको निष्पक्ष छानबिनको माग

३६७ पटक

काठमाडौं, साउन २६ – दैलेखका स्वास्थ्यकर्मी दीपककुमार नेपाली र उनकी पत्नी लक्ष्मीकुमारी नेपाली तेस्रो सन्तानको जन्मको प्रतीक्षामा थिए। सुरक्षित प्रसूतिको लागि उनीहरूले काठमाडौंको प्रतिष्ठित निजामती (सिभिल) अस्पताल रोजे। लक्ष्मीले गर्भावस्थाभर नियमित परीक्षण गराइरहेकी थिइन्।

असार १७ गते प्रसूतिको मिति तोकिए पनि लक्ष्मी असार ९ गते अस्पताल भर्ना भइन्। त्यतिबेला उनी स्वस्थ थिइन् र श्रीमान् दीपक दैलेखमै कार्यरत भएकाले उपचारको हेरचाह भाइबुहारीले गरिरहेका थिए।

असार १० गते बिहान चिकित्सकहरूले नर्मल डेलिभरी हुने बताए। बिहान सवा ८ बजे लक्ष्मीले सामान्य प्रसूति मार्फत बच्चा जन्माइन्। तर, केही मिनेटमै उनको स्वास्थ्य बिग्रियो र अत्यधिक रक्तस्राव सुरु भयो। तत्काल रगतको जोहो गर्दै उपचार गरिएको भए पनि अवस्था जटिल बन्दै गयो। अन्ततः पाठेघर फाल्ने शल्यक्रिया गरियो तर ज्यान बचाउन सकिएन।

अस्पतालको भनाइ – दुर्लभ चिकित्सकीय अवस्था

अस्पतालको आन्तरिक छानबिन प्रतिवेदनअनुसार लक्ष्मीको मृत्यु ‘एम्नियोटिक फ्लुइड एम्बोलिजम’ नामक दुर्लभ अवस्थाका कारण भएको हो, जसमा बच्चा खेल्ने पानी रगतको नलीमा पस्दै रगत जम्ने प्रक्रिया अवरुद्ध हुन्छ र अनियन्त्रित रक्तस्राव हुन्छ। अस्पताल निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीका अनुसार, “सबै प्रयास गरिए पनि बचाउन सकिएन।”

शिशुको पनि निधन

आमाको मृत्युपछि नवजात शिशुलाई एनआईसीयूमा राखिएको थियो। करिब एक महिना उपचारपछि साउन १० गते शिशुको पनि मृत्यु भयो। अस्पतालले शिशुको शव बुझ्न परिवारलाई आग्रह गरे पनि दीपकले अस्वीकार गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

सहमति भए पनि असन्तुष्टि कायम

घटनापछि अस्पताल, परिवार र जनप्रतिनिधिबीच सहमति भएको थियो– एक हप्ताभित्र प्रतिवेदन बुझाउने र तीनै सन्तानलाई १२ कक्षासम्म निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउने प्रस्ताव लैजाने। अस्पतालले उपचार खर्च मिनाहा गरेको भए पनि परिवार अझै सन्तुष्ट छैन।

दीपकले भने, “आमाको मृत्यु उच्च रक्तस्रावले भए पनि बच्चाको मृत्युबारे स्पष्ट जवाफ पाइएन। एक महिनासम्म भेन्टिलेटरमा राखेर ढिलो घोषणा गरिएको जस्तो लाग्छ।” उनी अब नेपाल मेडिकल काउन्सिलमा उजुरी दिने तयारीमा छन्।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...