News Portal

साउने अन्तिम सोमबार : पशुपतिनाथदेखि गोकर्णेश्वरसम्म भक्तजनको भीड

२९० पटक

काठमाडौं, साउन २६ – साउन महिनाको अन्तिम सोमबारको अवसरमा राजधानीलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो देखिएको छ। विशेषतः पशुपतिनाथ मन्दिरमा त बिहान ३ बजेदेखि नै चारै ढोका खोलिएको र दर्शनार्थीको लामबद्ध भीड सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव सुवासचन्द्र जोशीले बताए।

भक्तजनलाई सुव्यवस्थित प्रवेशका लागि चार फरक–फरक मार्ग तोकिएका छन् – गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोका, मित्रपार्क–दक्षिणामूर्ति हुँदै पश्चिम मूलढोका, जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम मूलढोका, र पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिण ढोका।

साउने सोमबारलाई भगवान् शिवको विशेष दिनका रूपमा लिने परम्परा छ। विवाहित महिलाले श्रीमान्को दीर्घायु र अविवाहित महिलाले योग्य वरको कामना गर्दै व्रत बस्ने चलन छ। यस दिन बिहानै स्नान गरी शिवालयमा पूजा–दर्शन गरे अटल सौभाग्य र मनोकामना पूरा हुने विश्वास गरिन्छ।

यस वर्षको साउन महिनामा भक्तजनको सहज यात्राका लागि चक्रपथमा चार वटा बस सञ्चालनमा छन्, साथै अतिरिक्त जुत्ता–चप्पल राख्ने सुविधा पनि व्यवस्था गरिएको छ।

यसैगरी, राजधानीको उत्तर–पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको छ। यहाँको धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा गरेर मात्र पूजापाठ पूर्ण हुने मानिन्छ।

साउन महिनामा बोल बम यात्रा पनि विशेष आकर्षण हो। आइतबार राति नै सुन्दरीजल पुगेका काँवरिया भक्तजनले बिहानै स्नान गरी शुद्ध जल बोकेर पैदल ‘बोल बम’ उद्घोष गर्दै पशुपतिनाथ पुगेका थिए। वाटोमा पर्ने अन्य शिवालयहरूमा पनि उनीहरूले जल अर्पण गरेका छन्।

धार्मिक ग्रन्थअनुसार भगवान् शिवलाई जलधारा प्रिय भएकाले यस महिनामा नदीको शुद्ध जल, गाईको दूध लगायत सामग्री अर्पण गर्ने चलन रहिआएको छ। साथै, घरघरमा वैदिक रुद्राभिषेक गर्ने परम्परा पनि छ, जसले अशुभ शक्तिको प्रवेश रोक्ने र घरमा सुख–शान्ति ल्याउने विश्वास गरिन्छ।

आज राजधानीका अन्य शिवालयहरू, जस्तै वसन्तपुरस्थित सानो पशुपतिनाथ (मक्खन महादेव) मा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...