News Portal

  • साउने अन्तिम सोमबार : पशुपतिनाथदेखि गोकर्णेश्वरसम्म भक्तजनको भीड

    १८५ पटक

    काठमाडौं, साउन २६ – साउन महिनाको अन्तिम सोमबारको अवसरमा राजधानीलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो देखिएको छ। विशेषतः पशुपतिनाथ मन्दिरमा त बिहान ३ बजेदेखि नै चारै ढोका खोलिएको र दर्शनार्थीको लामबद्ध भीड सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव सुवासचन्द्र जोशीले बताए।

    भक्तजनलाई सुव्यवस्थित प्रवेशका लागि चार फरक–फरक मार्ग तोकिएका छन् – गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोका, मित्रपार्क–दक्षिणामूर्ति हुँदै पश्चिम मूलढोका, जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम मूलढोका, र पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिण ढोका।

    साउने सोमबारलाई भगवान् शिवको विशेष दिनका रूपमा लिने परम्परा छ। विवाहित महिलाले श्रीमान्को दीर्घायु र अविवाहित महिलाले योग्य वरको कामना गर्दै व्रत बस्ने चलन छ। यस दिन बिहानै स्नान गरी शिवालयमा पूजा–दर्शन गरे अटल सौभाग्य र मनोकामना पूरा हुने विश्वास गरिन्छ।

    यस वर्षको साउन महिनामा भक्तजनको सहज यात्राका लागि चक्रपथमा चार वटा बस सञ्चालनमा छन्, साथै अतिरिक्त जुत्ता–चप्पल राख्ने सुविधा पनि व्यवस्था गरिएको छ।

    यसैगरी, राजधानीको उत्तर–पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको छ। यहाँको धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा गरेर मात्र पूजापाठ पूर्ण हुने मानिन्छ।

    साउन महिनामा बोल बम यात्रा पनि विशेष आकर्षण हो। आइतबार राति नै सुन्दरीजल पुगेका काँवरिया भक्तजनले बिहानै स्नान गरी शुद्ध जल बोकेर पैदल ‘बोल बम’ उद्घोष गर्दै पशुपतिनाथ पुगेका थिए। वाटोमा पर्ने अन्य शिवालयहरूमा पनि उनीहरूले जल अर्पण गरेका छन्।

    धार्मिक ग्रन्थअनुसार भगवान् शिवलाई जलधारा प्रिय भएकाले यस महिनामा नदीको शुद्ध जल, गाईको दूध लगायत सामग्री अर्पण गर्ने चलन रहिआएको छ। साथै, घरघरमा वैदिक रुद्राभिषेक गर्ने परम्परा पनि छ, जसले अशुभ शक्तिको प्रवेश रोक्ने र घरमा सुख–शान्ति ल्याउने विश्वास गरिन्छ।

    आज राजधानीका अन्य शिवालयहरू, जस्तै वसन्तपुरस्थित सानो पशुपतिनाथ (मक्खन महादेव) मा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...