News Portal

भारतमा उपचारका लागि झापाली समाज कुवेतद्वारा टिका तिम्सीनालाई आर्थिक सहयोग

६१६ पटक

कुवेत, साउन २५ – झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका–३ पिङ्गडाँडाकी टिका तिम्सीनालाई रु ५१,९९६ आर्थिक सहयोग प्रदान गरेको छ।

खाद्य नली पूर्ण रूपमा बन्द भई थुक समेत निल्न नसक्ने गम्भीर स्वास्थ्य समस्या देखिएपछि, उक्त रोगको उपचार नेपालमा सम्भव नभएकाले छिमेकी राष्ट्र भारतमा लगेर उपचार गराउनुपर्ने भएको हो। यस सम्बन्धमा वडा कार्यालय र परिवारबाट आर्थिक सहयोगका लागि आह्वान पत्र आएपछि, परिवारको कमजोर आर्थिक अवस्थालाई गम्भीर रूपमा लिँदै समाजका सदस्यहरू र अन्य सहयोगी मनहरूको साथमा जीवन रक्षार्थ सहयोग उपलब्ध गराइएको झापाली समाज कुवेतका अध्यक्ष लिला पाण्डेले जानकारी दिए।

“हाम्रो एकता विकासका लागि” भन्ने मूल नाराका साथ सन् २०१३ मा स्थापना भएको झापाली समाज कुवेतले स्थापना कालदेखि नै कुवेतमा रहेका आफ्ना सदस्यहरूको आर्थिक उन्नति तथा झापा जिल्ला र अन्य जिल्लाहरूमा विकासका लागि विभिन्न सहयोग तथा सामाजिक कार्य गर्दै आएको छ।

यसै क्रममा, समाजका पूर्व अध्यक्ष एवं संरक्षक प्रसाद तिम्सीनाले यस सहयोग कार्यमा जोडिनु भएका सबै सहयोगी मनहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै, भविष्यमा पनि यस्ता मानवीय कार्यहरूमा साथ र सहयोगको अपेक्षा रहने बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...