News Portal

भारतमा उपचारका लागि झापाली समाज कुवेतद्वारा टिका तिम्सीनालाई आर्थिक सहयोग

४७१ पटक

कुवेत, साउन २५ – झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका–३ पिङ्गडाँडाकी टिका तिम्सीनालाई रु ५१,९९६ आर्थिक सहयोग प्रदान गरेको छ।

खाद्य नली पूर्ण रूपमा बन्द भई थुक समेत निल्न नसक्ने गम्भीर स्वास्थ्य समस्या देखिएपछि, उक्त रोगको उपचार नेपालमा सम्भव नभएकाले छिमेकी राष्ट्र भारतमा लगेर उपचार गराउनुपर्ने भएको हो। यस सम्बन्धमा वडा कार्यालय र परिवारबाट आर्थिक सहयोगका लागि आह्वान पत्र आएपछि, परिवारको कमजोर आर्थिक अवस्थालाई गम्भीर रूपमा लिँदै समाजका सदस्यहरू र अन्य सहयोगी मनहरूको साथमा जीवन रक्षार्थ सहयोग उपलब्ध गराइएको झापाली समाज कुवेतका अध्यक्ष लिला पाण्डेले जानकारी दिए।

“हाम्रो एकता विकासका लागि” भन्ने मूल नाराका साथ सन् २०१३ मा स्थापना भएको झापाली समाज कुवेतले स्थापना कालदेखि नै कुवेतमा रहेका आफ्ना सदस्यहरूको आर्थिक उन्नति तथा झापा जिल्ला र अन्य जिल्लाहरूमा विकासका लागि विभिन्न सहयोग तथा सामाजिक कार्य गर्दै आएको छ।

यसै क्रममा, समाजका पूर्व अध्यक्ष एवं संरक्षक प्रसाद तिम्सीनाले यस सहयोग कार्यमा जोडिनु भएका सबै सहयोगी मनहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै, भविष्यमा पनि यस्ता मानवीय कार्यहरूमा साथ र सहयोगको अपेक्षा रहने बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...