News Portal

जानकी जन्मस्थल आफ्नो देश भएको दाबी गर्दै भारतले मन्दिर पुनर्निर्माणमा ठुलो लगानी

२३० पटक

काठमाडौं, साउन २५ — भारतको बिहारस्थित सीतामढीमा रहेको जानकी मन्दिर पुनर्निर्माण परियोजना अहिले व्यापक ध्यानको केन्द्रबिन्दुमा छ। भारतका गृह मन्त्री अमित शाहले शुक्रबार पुनौरा धाममा मन्दिर पुनर्निर्माणको शिलान्यास गरे, जसलाई उनीहरूले माता जानकीको जन्मस्थल मान्दै आएको भारतको स्पष्ट दाबीको रूपमा लिइएको छ।

बिहार सरकारको जुलाई १ मा अनुमोदित बजेट अनुसार मन्दिर परिसरको एकीकृत विकासका लागि ८८२.८७ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसको करिब १३७ करोड रुपैयाँ पुरानो मन्दिर संरचना र आसपासको क्षेत्रमा खर्च गरिनेछ भने ७२८ करोड रुपैयाँ धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा लगाइने योजना छ।

केन्द्रीय मन्त्री गिरिराज सिंह र चिराग पासवानले पनि यो परियोजनालाई ऐतिहासिक पहल भन्दै स्वागत गरेका छन्। गृहमन्त्री अमित शाहले भने, ‘राम मन्दिर जस्तै, अब माता सीताको मन्दिर पनि बनाउने समय आएको छ,’ र यो कदम बिहारमा धार्मिक पर्यटनको नयाँ युगको सुरुवात रहेको बताउँछन्।

भारतले सन् २०२३ देखिको लामो समयदेखि यस स्थललाई जानकीको जन्मस्थलको रूपमा जोडतोडका साथ विकास गर्दै आएको छ। पुनौरा धामलाई रामायण सर्किटमा समावेश गर्दै यसको महत्व अझै व्यापक बनाउन भारत सरकार प्रतिबद्ध छ।

तर, यस कदमले नेपालस्थित जनकपुरधाममा रहेको ऐतिहासिक जानकी मन्दिरलाई चुनौती दिएको छ, जसले हाम्रो सांस्कृतिक र धार्मिक पहिचानको संवेदनशील पक्ष उठाएको छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...