News Portal

देशभर सात प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध, यात्रु वैकल्पिक मार्गमा धपाउन प्रहरीको आग्रह

२१३ पटक

काठमाडौं, साउन २५ — अविरल वर्षासँगै आएका बाढी र पहिरोका कारण देशका प्रमुख सात राजमार्ग पूर्णरूपमा ठप्प भएका छन्। नेपाल प्रहरीले आइतबार दिउँसो साढे ३ बजे सार्वजनिक गरेको विवरणअनुसार, थप सात स्थानका सडक एकतर्फी मात्र सञ्चालनमा छन्।

प्रहरीको जानकारीअनुसार, पूर्णरूपमा अवरुद्ध हुने राजमार्गमा कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटेखोला क्षेत्र, पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ र ३, साथै उत्तरगया–गल्छी–त्रिशुली सडक पर्छन्।

त्यस्तै, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी–कोदारी खण्ड, गण्डकी प्रदेशको कालीगण्डकी करिडोर, रुकुम पश्चिमको जाजरकोट–डोल्पा भेली करिडोर सडकसमेत अहिले पूर्णरूपमा बन्द छन्।

प्रहरीले प्रभावित क्षेत्रमा रहेका यात्रु र स्थानीयलाई जोखिमपूर्ण आवागमन नगर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। मौसममा सुधार आएपछि मात्र सडक सुचारु गर्ने तयारी भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...