News Portal

कोशी प्रदेशमा मन्त्रिमण्डल फेरबदलको चर्चा : मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री ओली र देउवासँग गम्भीर छलफल

२५३ पटक

विराटनगर, साउन २५ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । यो भेटघाटको मुख्य एजेन्डा भनेको मन्त्रिमण्डल फेरबदलको सम्भावित विषयवस्तु थियो ।

मुख्यमन्त्री कार्कीले अनलाइनखबरसँग भने, ‘राजनीतिक विषयमा विस्तृत छलफल भयो, सरकारका कामकाजसम्बन्धी रिपोर्टिङ पनि गरें’ । देउवासँगको भेटमा पनि प्रदेशको समग्र राजनीतिक अवस्था बारे जानकारी गराएको उल्लेख गरेका छन् ।

स्रोतका अनुसार, मन्त्री फेरबदलको विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाले मिलेर सल्लाह गरेर निर्णय गर्ने रणनीति तय गरेका छन् । ‘कोलिसन पाटनरहरूसँग सहमति नपुगेसम्म मन्त्री फेरबदल टुंगिँदैन’, स्रोतले थप जानकारी दियो ।

कोशी प्रदेशमा कांग्रेसभित्रै विवाद व्याप्त छ, जसले मन्त्री फेरबदलमा थप चुनौतीहरू उत्पन्न गरेको छ । प्रदेश सरकारमा समावेश कांग्रेस संसदीय दलका केही गुटबीच असहमतिका कारण मन्त्रिमण्डल पुनर्गठनका प्रयासहरू रोकिएका छन् ।

विशेषगरी, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचारको आरोप लागेपछि र कृषिमन्त्री खगेनसिं हाङगाम विवादमा परेपछि राजनीतिक दबाब बढेको छ ।

मुख्यमन्त्री कार्कीले पनि विवादमा परेका मन्त्रीहरूको आचारणलाई लिएर सार्वजनिक आलोचनालाई बेवास्ता गर्दै, समस्या समाधानका लागि फेरबदल अनिवार्य रहेको स्रोतले बताए । ‘मन्त्रीहरूको कार्यकाल सकिएपछि पार्टीको भागबन्डा अनुसार फेरबदल हुनेछ’, एमाले संसदीय दल स्रोतले भन्यो ।

वर्तमान विवाद र दबाबबीच कोशी प्रदेशको मन्त्रिमण्डल फेरबदल प्रक्रिया केही समयका लागि स्थगित भएको छ । तर निकट स्रोतहरूका अनुसार, यो स्थिति धेरै लामो समय टिक्ने सम्भावना कमै छ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...