News Portal

सामान्य प्रशासन मन्त्रालयको ‘गुनासो व्यवस्थापन केन्द्र’मा एक महिना नपुग्दै १०० भन्दा बढी गुनासो दर्ता, समाधानको क्रम तीव्र

२६४ पटक

काठमाडौं, साउन २५ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ८ गतेदेखि सक्रिय पारेको गुनासो व्यवस्थापन केन्द्रले एउटा ठूलो काम गर्दैछ । एक महिनाभित्रै मन्त्रालयसँग सम्बन्धित सेवाग्राहीका १०० भन्दा बढी गुनासोहरू दर्ता भइसकेका छन् ।

केही गुनासोहरू तत्कालै समाधान भइसकेका छन् भने बाँकी गुनासोहरू क्रमशः सम्बन्धित विभाग र उच्च तहको समन्वयमा छिटो छरितो समाधान गरिने प्रक्रियामा छन् । सेवाग्राहीहरूका लागि इमेल र फोनमार्फत सजिलै गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

मन्त्रालयका उपसचिव भूपेन्द्र सापकोटाको नेतृत्वमा कार्यरत टोली—शाखा अधिकृत लोकबहादुर लामा र नायव सुब्बा नवराज पराजुलीसहित—ले दिनहुँ गुनासोहरूको व्यवस्थापनमा सक्रियता देखाइरहेको छ ।

सामान्य प्रशासन मन्त्रालयले दिएको जानकारी अनुसार, प्रक्रिया र सामान्य जानकारीसँग सम्बन्धित गुनासोहरूलाई तत्कालै समाधान गर्ने प्रयास भइरहेको छ भने नीतिगत वा जटिल विषयवस्तुहरूलाई सम्बन्धित शाखा तथा महाशाखाबाट एक महिनाभित्र समाधान गर्ने रणनीति लागू गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको स्पष्ट निर्देशनअनुसार यस गुनासो व्यवस्थापन केन्द्रले सेवाग्राहीहरूलाई छिटो र पारदर्शी सेवा दिन योगदान पुर्‍याइरहेको छ ।

सरोकारवालाहरूले यो प्रयासलाई सराहनीय बताउँदै, अझ प्रभावकारी बनाउने लक्ष्य राख्नुपर्ने पनि सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस्

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...