News Portal

जनकपुरको थापाचोकमा रेल र कार ठोक्किँदा मानवीय क्षति भएन

२६० पटक

जनकपुरधाम, साउन २५ – जनकपुरको थापाचोक क्षेत्रमा आइतबार बिहान रेल र कार एकआपसमा ठोक्किने घटना भएको छ। भांगहाबाट जनकपुरतर्फ गुडिरहेको रेल र थापाचोकतर्फबाट जानकी मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारबीच रेलवे लिक क्रस गर्ने क्रममा टक्कर भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार घटनाको विस्तृत विवरण संकलन भइरहेको छ। प्रत्यक्षदर्शीहरूका भनाइअनुसार कार चालकले लिक क्रस गर्ने प्रयास गर्दा रेल नजिक आइपुगेको र त्यही क्रममा दुर्घटना भएको हो।

सौभाग्यवश, यस घटनामा कुनै मानवीय क्षति भने भएको छैन। प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...