News Portal

आत्मनिर्भर बनाउने एक महिने तालिम सम्पन्न

१६४ पटक

रविन्द्र बराल/ मोरङ, साउन २५ – मोरङको रंगेली–६ मा रहेको गृह श्रमिक सृजनशील महिला समाज नेपालको आयोजनामा तथा टेवा थापा खेल संस्थाको सहयोगमा रंगेली नगरपालिकाभित्रका महिलालाई आत्मनिर्भर बनाउन उद्देश्य राखी एक महिने एड्भान्स तालिम सम्पन्न गरिएको छ।

‘संस्थागत विकास र दिगोपन’ भन्ने मूल नारासहित रंगेलीस्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा यो सीपमूलक कार्यक्रम सञ्चालन गरिएको थियो। तालिममा सहभागी महिलाहरूले बाँसबाट विभिन्न प्रकारका सामग्री बनाएर प्रदर्शनसमेत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य यसोधा कायस्थ, विशिष्ट अतिथि उपमेयर भूमा पराजुली, वडा अध्यक्ष सुजित मण्डल, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटी, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी, संस्थाकी अध्यक्ष शान्ता श्रेष्ठ, अमृता राय, उषा कुवँर, स्थानीय बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा सहभागीहरूले एक महिनाको तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न मद्दत गरेको र त्यसप्रति खुशी व्यक्त गरे। प्रशिक्षक गोपाल तामाङका अनुसार, बाँसको चोया तथा जराबाट आधुनिक सजावटका सामग्री निर्माण गरिएका छन्। ती सामग्री स्थानीयस्तरमै बिक्री वितरण गर्ने योजना रहेको र बिक्री नभएको अवस्थामा आफूले बजार व्यवस्थापनका लागि पहल गर्ने विश्वास दिलाए।

तालिममा सहभागीहरूले सोफा, कुर्सी, टेबल, बक्सा, किस्त, गिलास, चराको पिँजडा, फोटो फ्रेम, सजावटी चरा लगायतका सामग्रीहरू निर्माण गरेका थिए। साथै, अतिथिहरूलाई मायाको चिनोस्वरूप सहभागीहरूले बनाएका विभिन्न सामग्री हस्तान्तरण गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...