News Portal

कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

३८३ पटक

काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ घुस प्रकरणमा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठोस प्रमाणसहित उनीविरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार कल्याणपुर–६ मा निर्माण भएको पक्की नालाको ठेक्का भुक्तानी दिने क्रममा मेयर साहले सेवाग्राहीसँग बिचौलियामार्फत एक लाख रुपैयाँ असुल गरेको पुष्टि भएको छ। उजुरीका आधारमा बर्दिबासस्थित अख्तियारको टोलीले उनलाई घुस रकमसहित यसअघि नै नियन्त्रणमा लिएको थियो।

थप अनुसन्धानपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबरको जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...