News Portal

पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

४४७ पटक

काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज बिहान ६७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका बस्यालले शुक्रबार बिहान ८ः५० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, तातापानीस्थित आफ्नै निवासमा अन्तिम श्वास लिएका हुन्।

वि.सं. २००८ माघ १५ गते जन्मिएका बस्यालले आफ्नो राजनीतिक यात्रामा नेपाली कांग्रेस र यसको भ्रातृ संस्थाहरूमा विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएका थिए। उनी नेपाल दलित संघका पूर्व अध्यक्ष, संविधानसभा सदस्य (२०६४ र २०७०), कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति तथा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्यसमेत रहिसकेका थिए। बस्यालको सक्रिय भूमिका नेपालको लोकतान्त्रिक आन्दोलन र दलित अधिकारको पक्षमा विशेष रुपमा स्मरणीय मानिन्छ।

उनको निधनले नेपाली कांग्रेस परिवार र लोकतान्त्रिक आन्दोलन एकजना अनुभवी नेतृत्वबाट वञ्चित भएको सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनाएका छन्। देउवाले स्वर्गीय बस्यालको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...