News Portal

कांग्रेसको निर्देशन : रामहरि खतिवडालाई छिट्टै राजीनामा दिनुपर्ने

३२४ पटक

काठमाडौं, साउन २३ – नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ। पार्टीको भित्री छलफल र संसदीय छानविन समितिको प्रतिवेदनले खतिवडालाई पदबाट हटाउनुपर्ने आवाजलाई बलियो बनाएको छ।

छानविन समितिले कुलिङ अफ पिरियडको अवधिमा भएको अनियमितता र चलखेलमा खतिवडाको भूमिका रहेको निष्कर्ष निकाल्दा कांग्रेसका शीर्ष नेताहरु समेत त्यो पक्षमा उभिएका छन्। सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठन भएको यो समितिले खतिवडाको दोष प्रमाणित गर्दै राजनीतिक जवाफदेहिताको माग राखेको छ।

पार्टी स्रोतका अनुसार सभापति शेरबहादुर देउवा समेत खतिवडालाई समितिको सभापतिबाट हटाउनुपर्ने पक्षमा छन्। आगामी १–२ दिनभित्र पार्टीले औपचारिक निर्देशन जारी गरी खतिवडालाई राजीनामा दिन आग्रह गर्नेछ।

यो विवाद, संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडको व्यवस्था निष्क्रिय पार्ने संसदिय निर्णयसँग जोडिएको छ, जसले पार्टीभित्र एक प्रकारको नैतिक र नेतृत्वगत संकट निम्त्याएको छ। यसले कांग्रेसको इमेज र जनविश्वासमा पनि प्रभाव पार्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...