News Portal

कांग्रेसको निर्देशन : रामहरि खतिवडालाई छिट्टै राजीनामा दिनुपर्ने

२०३ पटक

काठमाडौं, साउन २३ – नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ। पार्टीको भित्री छलफल र संसदीय छानविन समितिको प्रतिवेदनले खतिवडालाई पदबाट हटाउनुपर्ने आवाजलाई बलियो बनाएको छ।

छानविन समितिले कुलिङ अफ पिरियडको अवधिमा भएको अनियमितता र चलखेलमा खतिवडाको भूमिका रहेको निष्कर्ष निकाल्दा कांग्रेसका शीर्ष नेताहरु समेत त्यो पक्षमा उभिएका छन्। सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठन भएको यो समितिले खतिवडाको दोष प्रमाणित गर्दै राजनीतिक जवाफदेहिताको माग राखेको छ।

पार्टी स्रोतका अनुसार सभापति शेरबहादुर देउवा समेत खतिवडालाई समितिको सभापतिबाट हटाउनुपर्ने पक्षमा छन्। आगामी १–२ दिनभित्र पार्टीले औपचारिक निर्देशन जारी गरी खतिवडालाई राजीनामा दिन आग्रह गर्नेछ।

यो विवाद, संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडको व्यवस्था निष्क्रिय पार्ने संसदिय निर्णयसँग जोडिएको छ, जसले पार्टीभित्र एक प्रकारको नैतिक र नेतृत्वगत संकट निम्त्याएको छ। यसले कांग्रेसको इमेज र जनविश्वासमा पनि प्रभाव पार्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...