News Portal

  • उत्तराखण्डको विपत्तिमा जाजरकोटका एकै परिवारका पाँचसहित सात नेपालीको ज्यान

    १४१ पटक

    सुर्खेत, साउन २३ – भारतको उत्तराखण्ड राज्यमा आएको ‘क्लाउड ब्रस्ट’का कारण उत्पन्न भीषण बाढी र पहिरोले सात जना नेपालीको ज्यान लिएको छ। मृत्यु हुनेमध्ये जाजरकोटको कुशे गाउँपालिकाका एकै परिवारका पाँच सदस्य रहेका छन्, जसले पूरै गाउँ शोकमा डुबेको छ।

    गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार कुशे–२, डोब्री पिपलधाराका ४२ वर्षीय कर्णबहादुर सिंह, ४५ वर्षीय मानबहादुर सिंह, ४० वर्षीय रामबहादुर सिंह, १७ वर्षीय रबिन सिंह र ३५ वर्षीय निमबहादुर सिंहको निधन भएको हो। त्यस्तै जुम्लाको तातोपानी गाउँपालिका–कुडारीका जनकबहादुर शाही र रुकुम पश्चिमका एक पुरुष पनि मृतकमध्ये पर्छन्, जसको पहिचान मानबहादुर सिंहका ज्वाइँका रूपमा गरिएको छ।

    दुर्घटनाको समयमा मानबहादुरका छोरा नवीन सिंह भने जीवित रहन सफल भए। उनले म्यासेन्जरमार्फत आफन्तलाई खबर गर्दै घटनाको विवरण पठाएका थिए। बस्नेतका अनुसार पानी परेर काम रोकेका उनीहरू बजारतर्फ खाजा खान गएका थिए। त्यही बीचमा आएको बाढीले बजारसहित घरहरू बगाउँदा धेरैको ज्यान गएको अनुमान गरिएको छ।

    धान रोपाइँ सकेपछि असार–श्रावण महिनामा रोजगारीका खोजीमा उत्तराखण्ड पुगेका ती मजदुरहरू विपत्तिमा परेका हुन्। अझै केही व्यक्ति बेपत्ता रहेका र उनीहरूको खोजी तथा उद्धारका लागि तत्काल कूटनीतिक पहल गर्नुपर्ने अध्यक्ष बस्नेतको भनाइ छ। भारत सरकारले प्रभावित क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेकाले सम्पर्कमा कठिनाइ भइरहेको जनाइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...