News Portal

उत्तराखण्डको विपत्तिमा जाजरकोटका एकै परिवारका पाँचसहित सात नेपालीको ज्यान

३३२ पटक

सुर्खेत, साउन २३ – भारतको उत्तराखण्ड राज्यमा आएको ‘क्लाउड ब्रस्ट’का कारण उत्पन्न भीषण बाढी र पहिरोले सात जना नेपालीको ज्यान लिएको छ। मृत्यु हुनेमध्ये जाजरकोटको कुशे गाउँपालिकाका एकै परिवारका पाँच सदस्य रहेका छन्, जसले पूरै गाउँ शोकमा डुबेको छ।

गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार कुशे–२, डोब्री पिपलधाराका ४२ वर्षीय कर्णबहादुर सिंह, ४५ वर्षीय मानबहादुर सिंह, ४० वर्षीय रामबहादुर सिंह, १७ वर्षीय रबिन सिंह र ३५ वर्षीय निमबहादुर सिंहको निधन भएको हो। त्यस्तै जुम्लाको तातोपानी गाउँपालिका–कुडारीका जनकबहादुर शाही र रुकुम पश्चिमका एक पुरुष पनि मृतकमध्ये पर्छन्, जसको पहिचान मानबहादुर सिंहका ज्वाइँका रूपमा गरिएको छ।

दुर्घटनाको समयमा मानबहादुरका छोरा नवीन सिंह भने जीवित रहन सफल भए। उनले म्यासेन्जरमार्फत आफन्तलाई खबर गर्दै घटनाको विवरण पठाएका थिए। बस्नेतका अनुसार पानी परेर काम रोकेका उनीहरू बजारतर्फ खाजा खान गएका थिए। त्यही बीचमा आएको बाढीले बजारसहित घरहरू बगाउँदा धेरैको ज्यान गएको अनुमान गरिएको छ।

धान रोपाइँ सकेपछि असार–श्रावण महिनामा रोजगारीका खोजीमा उत्तराखण्ड पुगेका ती मजदुरहरू विपत्तिमा परेका हुन्। अझै केही व्यक्ति बेपत्ता रहेका र उनीहरूको खोजी तथा उद्धारका लागि तत्काल कूटनीतिक पहल गर्नुपर्ने अध्यक्ष बस्नेतको भनाइ छ। भारत सरकारले प्रभावित क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेकाले सम्पर्कमा कठिनाइ भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...