News Portal

बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

३२२ पटक

काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको आशंकामा दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना साउन १८ गते राति गोकर्णेश्वर–६ स्थित नारायणटारको लामा पेट्रोल पम्प नजिक भएको हो।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट घाइते भएका व्यक्ति मकवानपुरका सुरेन्द्र थोकर हुन्, जो हाल गोकर्णेश्वर–४ को गोकर्ण नाम्गेल क्षेत्रमा बसोबास गर्दै आएका थिए।

उक्त आक्रमणमा संलग्न रहेको आरोपमा धनकुटाको भेडेटार घर भई हाल गोकर्णेश्वर–७ मा बस्ने २० वर्षीय आशिष राई र मोरङको उर्लाबारी नगरपालिका–१ घर भई हाल जोरपाटी गोकर्णेश्वर–५ मा बस्ने १८ वर्षीय शंस्कार मगरलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्ध प्रहरी वृत्तबाट खटिएको सादा पोशाकधारी टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो।

आक्रमणमा गम्भीर घाइते भएका सुरेन्द्र थोकरको प्रारम्भिक उपचार राष्ट्रिय ट्रमा सेन्टरमा गरिएको थियो भने थप उपचारका लागि वीर अस्पतालमा सारिएको छ। हाल उनको अवस्था स्थिर रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...