News Portal

सबै नेपालीका लागि पूर्वसूचना पुग्नेछ पाँच वर्षभित्र : गृहमन्त्री लेखक

२५० पटक

काठमाडौं, साउन २२ – जलवायुको बदलिंदो मिजाज र प्रकृतिको अनपेक्षित रूप—यी दुबैलाई समयमै चिन्ने आँखा अब प्रत्येक नेपालीसँग हुने गृहमन्त्री रमेश लेखकले घोषणा गरेका छन्।

‘सबैका लागि पूर्वसूचना’ भन्ने राष्ट्रिय कार्यशालामा बोल्दै गृहमन्त्री लेखकले भने, “अबको पाँच वर्षभित्र नेपालको हरेक नागरिकले जोखिमको पूर्व सूचना पाउनेछ।”

उनका अनुसार हाल मुलुकको करिब एक तिहाइ जनसंख्या मात्र जोखिम सम्बन्धी पूर्वसूचनाको पहुँचमा छन्। बाढी, पहिरो, डुबान, चट्याङ, खडेरी—यी सबैप्रति सचेत बनाउने संरचना अझै अधुरो छ।

“अहिले हामी अलिक पछि परेका छौं, तर अब ढिला गर्दैनौं। २०३० भित्र हामी त्यस्तो प्रणाली बनाउनेछौं जसले प्रत्येक नागरिकलाई घरमै बसेर जोखिमबारे समयमै जानकारी दिनेछ,” गृहमन्त्रीको दृढ भनाइ थियो।

गृहमन्त्री लेखकले अहिलेको युग ‘पूर्वसूचना प्रधान’ युग भएको उल्लेख गर्दै नेपालले पनि अब त्यसैको बाटो समाउने बेला आएको बताए।

विश्वका धेरै देशमा अझै मनसुनजन्य जोखिममा परेका लाखौं मानिस पूर्वसूचनाको पहुँचबाहिर रहेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालको अवस्था पनि चिन्ताजनक रहेको बताए।

तर अब योजना बनेको छ—मार्गचित्र तयार हुँदैछ। पाँच वर्षभित्र सूचना प्रवाहको त्यो जालो बुनिनेछ, जसले पहाडको टाकुरादेखि तराईको गाउँसम्म, हरेक नेपालीलाई संकटको सन्देश समयमै पु¥याउनेछ।

“हामी ढिलो भयौं, स्वीकार्छौं। तर अब पछि फर्कने समय छैन,” गृहमन्त्री लेखकले निष्कर्ष सुनाए।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...