News Portal

रवि लामिछानेले थुनामुक्तिको माग गर्दै अदालतमा निवेदन, गुपचुप राखिएको विषय अहिले सार्वजनिक

२४३ पटक

बुटवल, साउन २२ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणजस्ता गम्भीर आरोपमा थुनामा रहेका बेला आफूलाई थुनामुक्त गरियोस् भन्ने मागसहित रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्।

लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा हुन पाउने कानुनी अधिकार प्रयोग गर्न चाहेको बताएका छन्। उनले आफ्नो जिम्मेवारीको हिस्साको बिगो बराबरको रकम बैंकमार्फत राखेर थुनामुक्त गरियोस् भन्ने माग गरेका हुन्।

तर, यो निवेदन १९ साउनमै अदालतमा दर्ता गरिए पनि विषयलाई तीन दिनसम्म सार्वजनिक नगरिएको पाइएको छ। रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले निवेदन दिएकोबारे जानकारी चार दिनपछि मात्र – बिहीबार थाहा पाएको प्रतिक्रिया दिएका छन्।

रविलाई रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उच्च अदालतले उक्त आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। चैत २५ गतेदेखि लामिछाने रुपन्देही कारागारमै थुनामा छन्। उनले काठमाडौं सर्ने प्रयास गरे पनि गृह मन्त्रालयले रोकेको बुझिएको छ।

यसअघि पनि उनी ८४ दिन हिरासतमा बसेपछि रिहा भएका थिए भने त्यसपछि २५ दिनमात्रै कारागारबाहिर बिताएका थिए।

राजनीतिक प्रतिशोधको आरोपसहित लामिछानेले अब पुनः थुनामुक्तिको कानुनी प्रक्रिया अघि बढाएका छन्।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...