News Portal

धरालीमा विनाशकारी बाढी : चारको ज्यान गयो, कैयौं अझै बेपत्ता

३४९ पटक

काठमाडौं, साउन २० – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको धराली गाउँ भीषण प्राकृतिक प्रकोपको चपेटामा परेको छ। खीरगंगा नदीको माथिल्लो भेगमा बादल फाटेपछि आएको डरलाग्दो बाढीले गाउँमा ठुलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ।

प्राप्त विवरणअनुसार, बाढीमा परेर कम्तीमा चार जनाको ज्यान गएको पुष्टि भएको छ भने कैयौं स्थानीयहरू अझै सम्पर्कविहीन छन्। खोज तथा उद्धार कार्य जारी रहेकाले बेपत्ता भएकाको संख्या थपिन सक्ने आशंका गरिएको छ।

उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त अर्याले टाइम्स अफ इन्डिया सँगको कुराकानीमा चार जनाको मृत्यु पुष्टि गरेका छन्। उनका अनुसार लेदो मिसिएको तीव्र बाढीले त्यहाँका गेस्ट हाउस, होटल र रेस्टुरेन्टजस्ता भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ।

घटनापछि उद्धारका लागि भारतको सेना, राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) र राज्य विपद् प्रतिक्रिया बल (SDRF) का टोलीहरू परिचालन गरिएको छ। उद्धार कार्य चाँडो र प्रभावकारी बनाउन सबै एजेन्सीहरू समन्वयमा खटिएको अधिकारीहरूले जनाएका छन्।

भारतका गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग टेलिफोन वार्ता गर्दै धराली क्षेत्रमा बादल फाटेर भएको विनाशप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले केन्द्र सरकार आवश्यक सहयोगका लागि तयार रहेको जानकारी पनि दिएका छन्।

धराली गाउँमा यो आपत्कालीन बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ भने स्थानीयहरू त्रासमा बाँच्न बाध्य भएका छन्। मौसम विभागले अझै केही दिन भारी वर्षाको सम्भावना रहेकाले थप सतर्कता अपनाउन अपील गरिएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...