News Portal

तीन जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने गिरोह नियन्त्रणमा : १२ जना पक्राउ

३३९ पटक

विराटनगर, साउन २० – कोशी प्रदेशका तीन जिल्लामा फैलिएको ट्रान्सफर्मर चोरीको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा, मोरङ र सुनसरी जिल्लामा सक्रिय यो समूहले कुल २२ वटा ट्रान्सफर्मर चोरेको अभियोगमा १२ जनालाई पक्राउ गरिएको हो।

गत माघ १५ यता एकपछि अर्को गर्दै ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएपछि कोशी प्रदेश प्रहरी र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूको संयुक्त टोली परिचालन गरिएको थियो। विशेष निगरानी र सूचनाको आधारमा प्रहरी अन्ततः चोरीमा संलग्न समूहलाई समात्न सफल भएको हो।

प्रहरी अनुसन्धानबाट खुलेको विवरण अनुसार, चोरीमा संलग्न सात जना अभियुक्तहरूमा मोरङको ग्रामथान गाउँपालिका–४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी–३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी–२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङ बेलबारी–४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ र भारतको बासिन्दा भई हाल दुहबी–४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मिया रहेका छन्।

उक्त समूहले कृषि प्रयोजनका लागि प्रयोग गरिएका ट्रान्सफर्मरहरूलाई मुख्य रूपमा लक्षित गर्दै एकान्त स्थानमा राखिएका ट्रान्सफर्मर चोरी गर्ने गरेको प्रहरीको भनाइ छ।

त्यस्तै, चोरी गरिएका ट्रान्सफर्मर तथा तिनका सामग्रीहरू खरिद गर्ने पाँच जना कारोबारीहरू पनि पक्राउ परेका छन्। उनीहरूमा विराटनगर–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी–४ का ३९ वर्षीय सिताराम राई रहेका छन्।

यो गिरोहले हालसम्म २ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका ट्रान्सफर्मर चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

चोरीमा प्रयोग गरिएका सामग्रीहरू समेत प्रहरीले बरामद गरेको छ। तीमध्ये २२ थान डायल रेञ्च, ३ थान सलाई रेञ्च, ३ थान पिलास, ३ थान पेचकस, १ थान छिनो, १ थान साङली, १ थान कैची, ३ थान ह्याक्सो ब्लेड रहेका छन्। साथै, चोरीका क्रममा प्रयोग गरिएका ६ वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

साउन ९ गते मोरङको रंगेली नगरपालिका–९ स्थित इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरीको प्रयासमा रहेका अर्जुनकुमार थारु पक्राउ परेपछि घटनाको तानाबाना क्रमशः खुल्दै गएको हो। त्यसपछि प्रहरीको टोलीले थप अनुसन्धान गर्दै सम्पूर्ण गिरोहलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ भने प्रहरीले यो घटनालाई ठूलो संगठित अपराधका रूपमा हेरेर थप कारबाहीको तयारी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...