News Portal

सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

२२७ पटक

काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आफ्नो नाम स्पष्ट रूपमा नउल्लेख भएको भन्दै राजीनामाको मागलाई स्पष्ट अस्वीकार गरेका छन्।

प्रतिनिधि सभामा प्रतिवेदन पेस भएको केही क्षणमै सञ्चारकर्मीहरूसँग संक्षिप्त संवाद गर्दै खतिवडाले भने, “मैले सुरुदेखि नै भनिरहेछु— यदि मेरो दोष देखियो भने कारबाही भोग्न म तयार छु। तर जब प्रतिवेदनमै मेरो नाम छैन भने, म किन पद छोड्ने?”

‘हस्ताक्षर गरेको प्रतिवेदनमा नै कुलिङ पिरियड उल्लेख छ’

सभापति खतिवडाले आफ्नो हस्ताक्षरसहितको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था राखिएको भन्दै यस विषयमा आफ्नो अडान पहिलेदेखि नै स्पष्ट रहेको स्मरण गराए। “म सधैं यही भनिरहेछु— कुलिङ पिरियड हुनु अनिवार्य छ। यसलाई राष्ट्रिय सभाले सुधारेर ल्याओस् भन्ने मेरो पक्षमा छु,” उनले भने।

दोषको प्रमाण नहुँदै राजीनामा माग अनुचित

खतिवडाले दोष सावित नभएसम्म कसैलाई अनावश्यक दवावमा पार्नु न्यायसम्मत नहुने धारणा व्यक्त गरे। “यदि कुनै व्यक्तिले गल्ती गरेको प्रमाणित हुन्छ भने उ कारबाहीको भागेदार हुन्छ। तर, निर्दोष मान्छेलाई राजनीतिक रूपमा फसाउने प्रयास गरिन्छ भने त्यो लोकतान्त्रिक मूल्यविपरीत हुन्छ,” खतिवडाको भनाइ थियो।

संसदको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि उठेको विवाद र आलोचनाबीच सभापति खतिवडाले एक कदम अगाडि बढ्दै स्पष्ट भाषामा आफूमाथिको आरोप खारेज गरेका छन्। तथ्य र प्रमाणविना राजीनामाको माग गर्नु अन्यायपूर्ण हुने भन्दै उनले राजनीतिक स्थायित्वको पक्षमा संयमित र जिम्मेवार अभिव्यक्ति दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...