News Portal

सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

४०९ पटक

काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आफ्नो नाम स्पष्ट रूपमा नउल्लेख भएको भन्दै राजीनामाको मागलाई स्पष्ट अस्वीकार गरेका छन्।

प्रतिनिधि सभामा प्रतिवेदन पेस भएको केही क्षणमै सञ्चारकर्मीहरूसँग संक्षिप्त संवाद गर्दै खतिवडाले भने, “मैले सुरुदेखि नै भनिरहेछु— यदि मेरो दोष देखियो भने कारबाही भोग्न म तयार छु। तर जब प्रतिवेदनमै मेरो नाम छैन भने, म किन पद छोड्ने?”

‘हस्ताक्षर गरेको प्रतिवेदनमा नै कुलिङ पिरियड उल्लेख छ’

सभापति खतिवडाले आफ्नो हस्ताक्षरसहितको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था राखिएको भन्दै यस विषयमा आफ्नो अडान पहिलेदेखि नै स्पष्ट रहेको स्मरण गराए। “म सधैं यही भनिरहेछु— कुलिङ पिरियड हुनु अनिवार्य छ। यसलाई राष्ट्रिय सभाले सुधारेर ल्याओस् भन्ने मेरो पक्षमा छु,” उनले भने।

दोषको प्रमाण नहुँदै राजीनामा माग अनुचित

खतिवडाले दोष सावित नभएसम्म कसैलाई अनावश्यक दवावमा पार्नु न्यायसम्मत नहुने धारणा व्यक्त गरे। “यदि कुनै व्यक्तिले गल्ती गरेको प्रमाणित हुन्छ भने उ कारबाहीको भागेदार हुन्छ। तर, निर्दोष मान्छेलाई राजनीतिक रूपमा फसाउने प्रयास गरिन्छ भने त्यो लोकतान्त्रिक मूल्यविपरीत हुन्छ,” खतिवडाको भनाइ थियो।

संसदको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि उठेको विवाद र आलोचनाबीच सभापति खतिवडाले एक कदम अगाडि बढ्दै स्पष्ट भाषामा आफूमाथिको आरोप खारेज गरेका छन्। तथ्य र प्रमाणविना राजीनामाको माग गर्नु अन्यायपूर्ण हुने भन्दै उनले राजनीतिक स्थायित्वको पक्षमा संयमित र जिम्मेवार अभिव्यक्ति दिएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...