News Portal

कञ्चनपुरकी १७ वर्षीया सम्झना भट्ट मृत फेला — आत्महत्या दुरुत्साहनमा श्रीमान्, सासू र ससुरा पक्राउ

३२२ पटक

बेलडाँडी, साउन २० – बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट आइतबार राति आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिइन्। प्रारम्भिक अनुसन्धानपछि आत्महत्या दुरुत्साहनको आरोपमा उनका श्रीमान् पवन भट्ट, सासू किरण भट्ट र ससुरा हरिदत्त भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सम्झनाको मृत्युको विषयमा माइती पक्षले दर्ता गराएको जाहेरीको आधारमा श्रीमान् पवनलाई पहिलो चरणमा नियन्त्रणमा लिइएको थियो। त्यसपछि क्रमशः सासू-ससुरा समेत पक्राउ परेका हुन्। घटनासँग सम्बन्धित तीनै जनालाई कञ्चनपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेर हिरासतमा राखिएको छ।

प्रहरी नायब उपरीक्षक सागर बोहराले हिमाली सञ्चारलाई जानकारी दिँदै भने, “श्रीमान्, सासू र ससुरालाई आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।”

परिवारमा भएको निरन्तर मानसिक यातना, दाइजोको निहुँमा घरेलु हिंसा र भावनात्मक अत्याचारका कारण सम्झनाले ज्यान लिएको माइती पक्षको दाबी छ। सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए।

शनिबार भएको पारिवारिक झगडापछि दुवै जनाले बेलडाँडी प्रहरी चौकीमा पुगेर उजुरीसमेत गरेका थिए। प्रहरीले उनीहरूलाई समझाइबुझाई गरेर घर फर्काएको थियो। तर, त्यसको भोलिपल्ट सम्झना मृत अवस्थामा भेटिएकी हुन्।

हाल मृतकको शव महाकाली प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...