News Portal

भारतले बाँधको ढोका खोल्दा महाकालीमा उर्लियो बाढी, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

३७१ पटक

दार्चुला, साउन २० – भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिएपछि महाकाली नदीमा पानीको बहाव एकाएक बढेको छ। जलप्रवाहमा आएको तीव्र वृद्धिसँगै नेपालतर्फको दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लाका तटीय बस्तीहरू उच्च जोखिममा परेका छन्।

बाँधको ढोका आज बिहानै खोलिएको भारतीय सूचनाका आधारमा महाकालीको पानीले तटीय क्षेत्रहरू प्रभावित पार्न थालेको छ। यही कारण दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारीहरूले संयुक्त रूपमा सूचना जारी गर्दै नदी किनारमा बसोबास गर्ने समुदायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार आज बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म नदीको जलस्तर बढ्ने सम्भावना रहेको छ। व्यास गाउँपालिका–५ स्थित धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने बताइएको छ।

यसैबीच, बैतडीका प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले पनि महाकालीको किनार क्षेत्रमा पर्ने सेरादेखि कुस्मतघाटसम्मका बासिन्दालाई नदीबाट टाढा रहन निर्देशन दिएका छन्।

सवारी आवागमनमा प्रतिबन्ध

महाकाली नदीको बहाव अत्यधिक बढेपछि कञ्चनपुरमा रहेको पक्की पुलमा चारपाङ्ग्रे सवारीसाधन चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, महाकालीमा बहाव प्रति सेकेण्ड एक लाख दुई हजार ७४२ क्युसेक पुगेपछि आज बिहानैदेखि पुलमा सवारी रोकिएको हो।

प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएअनुसार, निर्धारित सीमा नाघ्नेबित्तिकै पुलमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ, र अहिले पनि त्यही नियमअनुसार निर्णय लिइएको हो।

सतर्कताको बिन्दुमा जलस्तर

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले दिएको पछिल्लो तथ्यांकअनुसार, दार्चुलाको दत्तु क्षेत्रको पानीको सतह अहिले सतर्कताको बिन्दुनजिक पुगेको छ। यदि बाँकी दिनमा थप वर्षा भएमा जोखिम अझै बढ्ने सम्भावना प्रबल रहेको विज्ञहरूले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...