News Portal

दुर्गा प्रसाईंको रिहामाथि सरकारको असहमति, सर्वोच्चमा पुनरावलोकनको तयारी

३०८ पटक

काठमाडौं, साउन २० – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले दिएको आदेश सरकारलाई चित्त बुझेन। सरकारको कानुनी सल्लाहकार निकाय, महान्यायाधिवक्ता कार्यालयले उक्त आदेशलाई ‘न्याय र कानूनी सिद्धान्तविपरीत’ ठहर गर्दै सर्वोच्च अदालतमा पुनरावलोकनको तयारी थालेको छ।

प्रवक्ता उद्धव पुडासैनीका अनुसार, आदेशले विधिको शासन कमजोर पार्ने जोखिम बोकेकोले सर्वोच्च अदालतमा बदरको माग गर्दै निवेदन दर्ता गरिनेछ। “दुवै आदेश न्यायका मान्य सिद्धान्तविपरीत छन्,” पुडासैनीले भने, “त्यसैले हामी सर्वोच्च अदालतमा जाने निर्णयमा पुगेका छौं।”

महान्यायाधिवक्ता कार्यालयले यस विषयमा उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई आदेश र सम्बन्धित फाइलहरू अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

प्रसाईंमाथि चैत १५ गतेको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र अर्को बैंकिङ कसुरसम्बन्धी मुद्दा चलिरहेका छन्। ती दुवै मुद्दामा उच्च अदालत पाटनले उनलाई आइतबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

आदेशको आधारमा तोकिएको धरौटी रकम बुझाएर उनी सोमबार डिल्लीबजार कारागारमा फर्किएका थिए। तर, करिब दुई घण्टापछि कारागार प्रशासनले रिहाइ प्रक्रिया पूरा गरी बेलुका नै उनलाई जेलमुक्त गर्‍यो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...