News Portal

सिद्धबाबा सडकखण्डमा ठूला चट्टानसहितको पहिरो : राजमार्ग अवरुद्ध, उद्धार कार्यमा जोखिम

३८८ पटक

रुपन्देही, साउन १९ – बुटवल–पाल्पा सडकखण्ड अन्तर्गतको सिद्धबाबा मन्दिर नजिकै आज दिउँसो परेको निरन्तर वर्षासँगै ठूलो पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय दोभानका अनुसार कम्तीमा तीन स्थानमा माटो र ठूला चट्टानसहितको पहिरो खसेपछि दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

घटनापछि सडकको दुवै छेउमा सवारी साधनहरू बीचमै रोकिएका छन्। यात्रुहरू घण्टौँसम्म अलपत्र परेका छन् भने जोखिमकै कारण उद्धार तथा सरसफाइ कार्य अघि बढ्न सकेको छैन। डोजर चलाउन खोज्दा पनि पहिरोमा लगातार चट्टान झरिरहेको हुँदा सुरक्षाको सवालमा चुनौती थपिएको प्रहरी स्रोतले जनाएको छ।

सिद्धबाबा क्षेत्र विगत केही वर्षदेखि वर्षायामको बेलामा निरन्तर पहिरोले पिडित हुँदै आएको संवेदनशील भू–भाग हो। यस जोखिमलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले यहाँ सुरुङमार्ग निर्माणको काम अघि बढाएको छ। तर निर्माण कार्य अझै अपुरो छ र सडकमा पुनः पहिरो जाँदा निर्माण कार्यमै असर पर्न सक्ने देखिएको छ।

प्रहरी प्रशासनले यात्रुहरूलाई अत्यावश्यक काम बाहेक उक्त खण्डमा यात्रा नगर्न र वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...